2009年12月11日金曜日

जताततै जापान !

नेपाल सरकारले जापानमा औद्योगिक प्रशिक्षार्थी पठाउन निजीक्षेत्रका म्यानपावर ब्यबसायीहरुलाई इजाजत दिए पछी अब ब्यबसायीहरु जापानमा बजार खोज्न जाने भएका छन । लाखौं नेपाली युवा युबतीहरुले जापानजाने सपना बुनीसकेका छन । बजार त खोज्न जाने भयो तर कुनै पनि ब्यबसायीहरुसँग केही पनि योजना छैन । मात्र जापानमा नेपालीहरु कसरी पठाउने ? यो प्रणालीको ज्ञान नभएको कारण धेरै ब्यबसायी लगायत नेपाली युवा युबतीहरुको समय र पैसाको बर्वाद हुने निस्चित छ । एकदम जिम्मेवारी पूर्ण यो प्रणालीले भबिस्यमा नेपाल र जापानको सम्बन्धमा चिसोपन त ल्याउने होइन । नेपाल सरकार र सरोकारवालाहरुले म्यानपावर समय समयमा अनुगमन गरिएन भने धेरै नेपाली युवायुबतीहरु फसिने सम्भाबना छ । नेपाल सरकारले जापान दुताबास लगायत जाइका AOT को सल्लाह लिएर म्यानपावर ब्यबसायीहरुलाई निगरानीको साथ कार्यन्वयन गराउनु पर्ने छ ।

जापानजान चाहने युवायुबतीहरुले १० ,१० जनाको समुह भएर भबिस्यको आफ्नो योजना पत्र बनाएमा बजार ब्यबस्थापकलाई सजिलो हुनेछ । केही ठगीगर्ने योजनाका ब्यबसयीहरुले सँगै एउटै योजना भएका उमेद्द्वारलाई नचिनाउने सम्भाबना हुने भएकोले यो प्रणालीलाई सहजलान कठिन हुने छ कि ?

2009年11月25日水曜日

पैसा आयो ।


सुरुमा त विश्वाश नै लागेन । आज बिहानै हुलाकीले एउटा पोस्टकार्ड घरमा छोडेको रहेछ । भाईको फोन आयो दाई जापानबाट चिट्ठी आएको छ घरमा लिन आउनु होला भनेर । जापानबाट केही कागजपत्र आउनेवाला त थियो । हत न पत चिया पिएर बाईकलिएर घरमा गए । चिट्ठी होइन पोस्टकार्ड आएको रहेछ । त्यो पनि गुगलबाट। पातलो पट्याएको कार्ड खोलेर हेरेको त । पैसा पठाउनको लागि ठेगाना reconformation गर्नको लागि PINCODE online बाट भरेर पठाउनु भनी गाईड पो पठाएको रहेछ ।

2009年11月20日金曜日

कलेज जाने बहानामा अनैतिक काम

देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर ३ गते । साथीको 'बर्थ डे' छ भन्दै अनेक बहाना रचेर घरबाट निस्कने तपाइँका छोराछोरी कहाँ जान्छन् केही हेक्का राख्नुभएको छ ? यदि छैन भने उप्रान्त ख्याल गर्नुहोस् । तपाइँसँग जेसुकै भने पनि उनीहरूको दिनचर्या फरक हुनसक्छ ।

कलेज, कम्प्युटर, ट्युसन तथा साथीभाइ भेटघाटको बहानामा घरबाट निस्कने कतिपय युवकयुवती राजधानीका गेस्टहाउस तथा होटलहरूमा अश्लील क्रियाकलापमा संलग्न रहेको अवस्थामा प्रहरीको फन्दामा पर्न थालेका छन् ।

महानगरीय प्रहरी प्रभाग सोह्रखट्टेले गोँगबु नयाँबसपार्क, गल्कोपाखा र ठमेललगायतका विभिन्न क्षेत्रका होटल तथा गेस्टहाउसबाट मात्र एक दर्जन जोडीलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने युवकयुवती १० जोड २ तथा क्याम्पसमा अध्ययनरत किशोर किशोरी हुने गरको प्रहरी प्रभागले जनाएको छ ।

यस्ता किशोर किशोरीले रातिको समयमा रक्सी खाएर होहल्ला गर्ने गरेका कारण अन्य सर्वसाधारणले नै प्रहरीलाई फोन गरी सुराकी दिने गरेको स्पष्ट पार्दै प्रहरी सहायक निरीक्षक तारा विक भन्नुहुन्छ, सुरुमा श्रीमान्श्रीमती हुँ भनेर दाबी गर्ने यस्ता जोडीहरू अनुुसन्धान गर्दै जाँदा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड हुन्छन् ।

राजधानीका धेरैजसो कलेजमा अध्ययन गर्ने युवकयुवती बर्थ डेका नाममा अभिभावकलाई ढाँटेर गेस्टहाउसमा र बिहानपख कलेज जान्छु भन्दै अन्यत्रै घुम्न जाने गरेको गुनासो अभिभावकले प्रहरीसामु पोख्ने गरेको उहाँले बताउनुभयो । बुधबार राति बसपार्कस्थित रुप्सी गेस्टहाउसबाट पद्मकन्या क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत युवतीहरूलाई पक्राउ गरिएको जानकारी उहाँले दिनुभयो ।

स्थायी घर सुर्खेत बताउने ती युवतीलाई बस चालकसँग रमाइलो गरिरहेको अवस्थामा पक्राउ गरिएको र एक अर्को जोडीलाई आजै बिहान विष्णुमती खोला किनारामा मिनीस्कर्ट लगायकै अवस्थामा अश्लील क्रियाकलाप गर्दै गरेको बेला पक्राउ गरिएको प्रभागका प्रहरी निरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो ।

ती युवतीहरूले आफूसँग पक्राउ परेका केटाहरू आफ्नो ब्वाइफ्रेन्ड भएको बताएका छन् केटाहरूले पनि गर्लफ्रेन्ड भनेका छन् । पिपुल्स क्याम्पस पकनाजोलको युनिर्फम र विद्यार्थी कार्ड बोकेको एक जोडीले आफूहरूले यस्तो कार्य धेरै अगाडिदेखि गर्दै आएको बताएको छ ।

होटलमा गएपछि प्रहरीले पक्राउ गर्ने डरत्राससँगै बिहानको समयमा कसैले नदेख्ने गरी विष्णुमती खोला किनारा पुगेको बताउने त्यो जोडीले अश्लील कार्य गर्नेक्रममा सर्वसाधारणको आँखा छल्न नसकेको स्वीकारेको छ । उनीहरूलाई सख्त चेतावनी दिँदै अबका दिनमा सार्वजनिक ठाउँमा त्यस्तो अश्लील कार्य नगर्ने सर्तमा दिउँसो रिहा गरिएको प्रनि कुँवरले बताउनुभयो ।

विष्णुमती खोला किनारा र म्हेपी मन्दिर जङ्गलमा हुने क्रियाकलप नियन्त्रणका लागि स्वयं स्थानीयवासीले प्रहरी कन्ट्रोलमा फोन गरी जानकारी दिने गरेका छन् । सोही सूचनाका आधारमा प्रभागबाट खटेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कलेजको डे्रसमा सजिएका यस्ता किशोर किशोरी बिहान बेलुका सार्वजनिक ठाउँमा र राति गेस्टहाउसमा भेटिने गरेको जानकारी पनि उहाँले दिनुभयो ।

कतिपय होटलमा छापा मार्न जाँदा विभिन्न क्याम्पसको कार्डसमेत बरामद हुनुका साथै पक्राउ परेका युवकयुवतीको झोला चेकजाँच गर्दा क्याम्पसको डे्रससमेत बरामद हुने गरेको प्रहरीले जनाएको छ । अभिभावक पनि आफ्नो छोराछोरीको यस्तो क्रियाकलापप्रति त्यति सचेत नहुने गरेको पाइएको छ ।

साँझ बर्थ डे र बिहान तथा दिउँसो कलेज तथा ट्युसनको बहानामा घर बाहिर जाने कतिपय युवकयुवतीहरू रमाइलो गर्न गेस्टहाउस जाने गरेको पाइएको छ । रमाइलो गर्ने क्रममा बियर तथा रक्सी खाने र एकआपसमा झगडासमेत गर्ने गरेको अवस्थामा समेत त्यस्ता जोडीहरूलाई प्रहरीले पक्राउ गर्ने गरेको पाइएको छ ।

यसरी, पक्राउ परेका युवकयुवती सम्झाइबुझाई अभिभावकको जिम्मा लगाउनेक्रममा प्रहरीले सबै पोल खोलेपछि अभिभावकहरूले आफ्नो सन्तानले गर्ने क्रियाकलापप्रति सचेेत हुने गरेका छन् । म्हेपीका गोपालमान श्रेष्ठ भन्नुहुन्छ, जागिर खाने कि छोरीछोरीको गोठालो लाग्ने, अभिभावकले ध्यान दिन नसकेका कारण यस्तो समस्या आएको हो ।

प्रहरी प्रभाग सोह्रखुट्टेले यो दुई हप्तामा मात्र एक दर्जन जोडीलाई पक्राउ गरिसकेको छ ।

2009年11月17日火曜日

कुरा पुरुष बेश्याको ।

बिहान उठेर एउटा राष्ट्रिय दैनिकको मुखपेजमा देखे पुरुष बेश्या बारेको समाचार । एककप चिया सँगसगै समाचार पढे । नयाँ नेपालको बिकास सँगसगै धरी ईन्टरनेट मार्फत नेपाली युवतीहरुले यौन सन्जाल फैलाएको समाचार , नेपाली पुरुष बेश्याको समाचार लगायत नेपाली अभिनेत्रीहरुको अस्लील भिडियो प्रकरणहरुको खबर पढदा मलाई लाग्यो अब नेपाल बिकास भयो जस्तो लाग्यो । कुनै पनी प्राणीको चरम सुख भनेको नै यौन सुख हो । आज संसार खुल्ला र उद्वार भएको अवस्थामा नेपाल र नेपालका प्रशासन सन्कुचित सोचाइ लिनु हुँदैन जस्तो मलाई लाग्छ । यस्ता बिकृतीको समाधानको एउटा मात्र उपाय मैले देखेको छु कि सरकारले नागरिकहरुलाई ब्यस्तता बनाइदिने रोजगारी दिन सक्नु नै यस्ता बिकृतीको समाधान हुन सक्छ यौनब्यापार संसारमा कुन देशमा छैन ? यौनकृयालाई बिकसित मुलुकहरु जसरी लीएको छ त्यसरी नै नेपाली समाजले लिनु पर्ने देखिन्छ । यौनब्यापारलाई ब्यबस्थिकरण गर्न सकिन्छ तर निर्मुल पार्न असम्भव छ । यौनकृया अपराध होइन । यौनकृयामा लागेको मान्छेहरुको नियन्त्रणमा राज्यका प्रशासन नै लाग्नु पर्ने कुनै जरुरी जस्तो मलाई लाग्दैन

के यौनकृया सम्पन्न मान्छेहरु ले गर्यो भने मनोरन्जन गरीबहरुले गर्यो भने यौन ब्यापार हुन्छ ? कृया एउटै ब्यक्तित्वको फरक हुनासाथ शब्द नै फरक हुन्छ र ?सम्पन्न भए पछी संस्कार आँफै सिक्छ । हाम्रो देसका ठुल्ठुला नेताहरु पनि त बेश्यालय नपुगेका होइन नि । अझ बिदेसमा कुतनैतीक भेटघाटमा अनिवार्य यौनसत्कार गर्ने चलन नै के हाम्रा नेताहरुले पनि बिदेशको निमन्त्रणामा यौनसत्कार भोगेको छैन र नेपाल आउने बिदेसी मित्रराष्ट्रका पाहुनाहरुलाई यौन सत्कार गरेको छैन र यौन सम्बन्ध सबभन्दा विश्वासिलो सम्बन्ध हो । त्यो सम्बन्धले धेरै कुराको बिकास गर्दछ । घुस खान नमिल्ने देसहरुमा यौनसत्कारको माध्यमबाट आफ्नो सेवाग्रहीहरुको सेवा गरेको हुन्छ । ताल्चा लगाउन(पासवर्ड राखेर लक गर्न ) नमिल्ने ठाउँको ठेक्का हामी प्रशासनले लिएर साध्य लाग्छ यौन शिक्षालाई आधारभुत शिक्षामा पनि राख्ने,फेरी त्यही यौनकार्यलाई गैरकानुनी कृयाकलापको रुपमा लिने कस्तो नियम हो । आफ्नो मनोबल उर्जाको लागि यौनसंपर्क गरिने हो आफु र सहपाठीको आपसी खुशीको लागि समागम गर्ने हो । यौनलाई पैसामा कारोवार गर्नु पक्का पनि राम्रो काम होइन । तर पनि आफ्नो मुल्य कसैले लिएर ब्यवसाय गर्छ भने त्यस्ता कार्य, गर्ने ब्यक्तीमा भर पर्ने कुरा हुन ।

2009年11月13日金曜日

पचास हजारमा जापान

कान्तिपुर दैनिकबाट साभार गरिएको ।


काठमाडौ, २०६६ कार्तिक २६ - प्रशिक्षार्थी कामदार रूपमा जापान जाने नेपालीले ५० हजारभन्दा बढी खर्चनु नपर्ने भएको छ । हालै अन्तिम रूप पाएको जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । श्रम तथा यातायात मन्त्रालयले बुधबार निर्देशिकालाई अन्तिम रूप दिएको हो ।

'कामदारले लगभग ५० हजार रुपैयाँ तिरे पुग्छ,' मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराइले भने, 'यो एजेन्सीले जानुअघिको तयारी र व्यवस्थापन खर्चका रूपमा लिन पाउने भएका हुन् ।' भिसा प्रक्रिया, हवाई टिकट खर्चलयायत अन्य खर्च कामदार लैजाने कम्पनीले नै बेहोर्ने उनले बताए ।

निर्देशिकाअनुसार कामदारसँग कम्तीमा दुई वर्षको कार्यानुभव हुनुपर्छ । यस्तै कामदार १८ देखि ४० वर्षभित्रको हुनुपर्नेछ । यस्ता कामदारले जापानमा ३ वर्ष काम गर्न पाउनेछन् । 'जापानी भाषा र संस्कृति अनिवार्य रूपमा जानेको हुनुपर्छ,' उनले भने ।

'पहिलो एक वर्ष उनीहरूले प्रशिक्षार्थी कामदारका रूपमा काम गर्नेछन्,' भट्टराईले भने, 'त्यसपछिका दुई वर्ष उनीहरूले अभ्यासार्थीका रूपमा काम गर्नुपर्छ ।' यसरी जाँनेले पहिलो एक वर्ष मासिक लगभग ३५/४० हजार रुपैयाँ निर्वाह भत्ता पाउनेछन् । 'त्यसपछिका दुई वर्षमा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने देखिन्छ,' मन्त्रालयका अर्का अधिकारीले भने, 'तर यो कम्पनीअनुसार फरक पर्न सक्छ ।' उनीहरूले एक वर्षसम्म स्वास्थ्य उपचार र बिमाजस्ता सुविधा भने पाउँदैनन् ।

यस्तै निर्देशिकामा काम छाडेर भाग्न नपाइने व्यवस्था छ । तर कामदार नफर्किए कम्पनी पूर्ण रूपमा उत्तरदायी भने हुँदैन । 'कम्पनीले कामदारको नियमित अनुगमन गर्नुपर्छ,' निर्देशिकामा छ, 'कामदार भागेमा यसको जानकारी सम्बन्धित निकायलाई गराउनुपर्छ ।' भट्टराईले भने, 'यदि एजेन्सीले अनुगमन नगरेको पाइए उसको लाइसेन्स खारेज गर्न सकिन्छ ।'

निर्देशिका कानुन, अर्थ र परराष्ट्र मन्त्रालय तथा जापानस्थित नेपाली दूतावासमा पठाइनेछ । यसमा महत्त्वपूर्ण टिप्पणी आएन भने दुई साताभित्र अनुमोदन गरी त्यसपछि कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

निर्देशिका जापानामा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति पाएका १ सय ७१ म्यानपावर कम्पनी र नेपाल उद्योग वाणिज्य महासंघले पालन गर्नुपर्छ । 'निर्देशिका जापान कामदार पठाउनका लागि महत्त्वपूर्ण काम हो,' श्रम मन्त्रालयका सचिव बाबुराम आचार्यले भने, 'यसलाई सकेसम्म छिट्टै कार्यान्वयनमा ल्याउँछौ ।' कामदारले जानुअघि राम्र्रो तयारी र प्रशिक्षण लिएर जाऊन् भनेर केही बढी शुल्क लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।

नेपालले सन् २००३ मा उद्योग वाणिज्य संघमार्फत प्रशिक्षार्थी कामदार पठाउनेबारे जिटकोसँग सहमति गरेको थियो । सन् २००८ को अन्तमा सरकारले फेरि वैदेशिक रोजगार व्यवसायीमार्फत कामदार पठाउनेबारे जापानसँग अर्को सहमति गरेको थियो ।

यसअघि छजना कामदार पठाएको उद्योग वाणिज्य महासंघले प्रतिव्यक्ति २० हजार रुपैयाँ लिएर कामदार पठाएको थियो । 'सुरुमा पठाएका छजनाको कामले उनीहरू खुसी भएका छन्,' महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भने, 'त्यसले पछिल्लो समय कामदारको माग बढिरहेको छ ।' सचिव भट्टराईका अनुसार जिटकोको एक प्रतिनिधिमण्डल फेब्रुअरी पहिलो साता कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी र महासंघलाई अभिमुखीकरण तालिम दिन आउने भएको छ ।

मेरो प्रतिकृया:-
५० हजार भिसा भईसकेपछी तिर्ने कि सुरु मै तिर्ने खुलेन । सुरु मै तिर्ने हो भन्ने भिसा अथवा जापानमा जान पाएन भने त्यो रकम के हुने हो । जापानको बजार खोज्न त्यती पैसाले पुग्दैन । जापानजाने सबै उम्मेद्वारहरुले पहिला नै ५० हजार तिर्नु पर्ने हो भने त्यो रकम बढी हुन्छ । जिट्कोको निर्देशन अनुसार जापानजाने टुगो भए पछी मात्र जापानि भाषा सिकाउन लगाउने कुरा छ भने अहिले नेपालमा जापानि भाषा सिकाउने संस्थाहरु ब्यापक बढी रहेको छ । यो प्रणालीमा अनियमित्ता भयोभने नेपालबाट कोही पनि जान नपाउने गरी निलम्बन गर्ने जापान सरकारको नियममा छ । नेपाल सरकार ले यस् प्रणालीलाई गम्भिर पूर्वक अनुगमन गर्नु पर्ने देखिन्छ । अर्को कुरा श्रम मन्त्रालयबाट छिटो भन्दा छिटो जापान प्रायोजनको इजाजत दिन ढिलो भयो भने अहिलेको सुचिकरण ब्यर्थ हुन सक्छ । यस कार्यमा आवद्व हुने संघ संस्थाहरुले समय र बचनको पालना गर्ने र जाने उम्मेद्वारहरु लगनशिल र इमान्दार हुनु पर्ने छ ।

2009年11月10日火曜日

बाटो खुल्यो हिंड्न जादैन ।

अन्तत नेपालीहरुलाई आफ्नो सिप बिकासको लागि जापानको बाटो खोली दिएको छ श्रम मन्त्रालय ले । तर वास्तविकता भन्ने अर्कै छ । जताततै जापान पठाइ दिन्छु भनेर राहदानी र बैना माग्ने ठगहरुबिगबिगी बढेको छ ।
अलिकती बुद्धी भएकाहरुले [जापान जान के गर्नु पर्छ ?]भनेर एउटा प्रश्न सम्म राख्न जानेको छ । तर फताहाहरुको बनावटी उत्तर मै चुप लाग्छन नेपालीहरु । १०००० हजार भन्दा बढी नेपालीहरुले जापान जानको लागि राहदानी र बैना ठगहरुलाई बुझाई सकेको अवस्था छ । के त्यी ठगहरुले नेपालीहरुलाई उनीहरुले आसा गरे अनुसार गन्तब्यमा पुर्याउने काम गर्न सकिन्छ त ? कुनै पनि हालतमा सकिन्दैन । किनभने कागजी प्रकृया धेरै छ । म्यानपावर ब्यबसायीहरु मध्येमा गलत नियत र अशिक्षित ब्यक्तित्वहरु धेरै छन । जापानले आफुले नेपाली जनशक्ती जापानमा लिन खोजेको होइन जापानको औद्योगिक प्रतिष्ठानहरु नेपाललाई दिन खोजेको हो । भबिस्यमा जापानको औद्योगिक प्रतिष्ठानहरु नेपालमा स्थानातरण गर्नको लागि जनशक्ती जुटाउनको लागि पुर्वाधार स्वरुप नेपालबाट प्रशिक्षार्थीहरु लिने गरिन्छ । यस प्रणालीबाट कोरिया,मलेसिया र चाइनाहरुले लाभाम्बित भई सकेको छ भने नेपालले यो प्रणालीलाई कसरी अगाडि बढाउने हो । ब्यबसायीहरुको लापर्वाहीले कतै नेपाल कै बेइजत गराउने त होइन । जुन औद्योगिक प्रतिष्ठानहरुमा नेपालीहरुले रोजगार पाओस बिदेसी सामानहरु निर्यात गरेर नेपालको पैसा बिदेसमा नजाओस भन्ने उदेष्य हो ।
१ .जापान जान के गर्नु पर्छ त ?
आफु कुन पेसामा लागेको छ त्यो पेसा जापान सरकारले तालिमको सुचीमा राखेको छ कि छैन बुझ्नु पर्छ ।
२ .के के कागजपत्र चाहिन्छ त ?
प्रशिक्षणमा जाने नेपाली उम्मेद्वारले सम्बन्धित निकायबाट तालिम लिएको हो भनी प्रमाणित गराएर ल्याउनु पर्ने छ । र उक्त कामको तालिम लिएर नेपाल फर्केर आएपछी काम दिने कम्पनी निस्चित गर्नु पर्ने छ । हाल तालिमलिन खोजेको काम गरिरेहेको छ भनेर प्रमाणीत गराउनु पर्ने छ ।
३ .जापानी भाषा पहिला नै सिक्नु पर्छ त ?
पर्दैन । राहदानी पनि बनाउनु पर्दैन । अन्तर्वातामा सफल भईसके पछी जापानि कम्पनीले जापानि भाषा सिक र राहदानी बनाउ भने पछी मात्र बनाउनु पर्छ । खाडी मुलुकजाने मानसिक भएकाहरुलाई यो नियम लागु हुने छैन ।
४ .पैसा कती लाग्छ त ?
जापान सरकारको नियममा पैसा लिनु गैरकानुनी हो । तर साचै नै कामगर्ने मान्छेको खर्च धेरै हुने भएको हुनाले आफुलाई गरेको सहयोग बापत केही रकम दिनु राम्रो हुनेछ ।
५ .यो प्रणाली को उदेश्य के होला ?
जापानमा भएका कृषि प्रबिधी लगायत अन्य औद्योगिक प्रतिष्ठानहरु नेपालमा स्थानतरण गर्ने हो । जस्ले नेपाल आफ्नै देसमा हरेक कुराहरु उत्पादन गरी आत्मनिर्भर बन्ने छन ।

६ .के को आधारमा छनौट गरिन्छ ?
ब्यक्तित्व,इमान्दारिता र वास्तबिक रुपमा सम्बन्धित काममा लागेको ब्यक्ती भएको आधारमा छानिन्छ ।
८ .जापानमा तालिममा जानको लागि कहाँ संपर्क होला ?
नेपाल सरकारले इजाजत दिएका कुनै पनि निकायबाट आबेदन दिन सक्नेछ,विश्वासिलो म्यानपावर मार्फत प्रकृया गर्दा राम्रो हुन्छ। जापानमा संपर्क कार्यालय भएको म्यान पावरबाट गर्दा मौका धेरै हुन्छ।
९ .तालिम लिएर फर्केपछी फेरी जापान जान पाईन्छ ?अथवा पढ्न जान पाईन्छ ?
यो प्रणाली जापानमा भएको सिप नेपालमा स्थानतरण गर्ने उद्वेश्य भएको हुँदा तालिम लिएर फर्केकाहरु फेरी जापान जान पाउदैन । जापानमा सिकेर आएको सिप नेपालमा कार्यन्वयन गर्ने हो ।

क्र.म.स

2009年11月1日日曜日

प्रशिक्षार्थी कामदार निर्देशिका जारी गरिने

नेपाल समाचारपत्र, (काठमाडौं) सरकारले प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणालीसम्बन्धी कार्यविधि निर्देशिका जारी गरी जापानमा कामदार पठाउने प्रक्रिया अघि बढाएको छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तयार गरेको उक्त निर्देशिका १० दिनभित्र जारी गरी जापान पठाउने कार्य अघिबढाउने गृहकार्य भइरहेको मन्त्री मोहमद अफताव आलमले जानकारी दिनुभयो। मन्त्री आलमले नेपाली प्रशिक्षार्थी कामदारलाई जापानमा रोजगारीमा पठाउन अवलम्बन गर्नुपर्ने प्रक्रिया स्पष्ट गरी मन्त्रालय र जापान इन्टरनेसनल ट्रेडिङ कोपअरेसन अर्गनाइजेसन (जिट्को) बीच सम्पन्न सम्झौतालाई कार्यान्वयनमा ल्याई सहकार्य अघि बढाइएको जानकारी दिनुभयो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार जापानमा कामदार पठाउने सम्बन्धमा आयोजित अन्तरक्रियामा श्रममन्त्री आलमले जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा रहेको अन्योल निर्देशिका जारी भएपछि हट्ने बताउनुभयो। निर्देशिका जारी भएपछि नेपाली व्यवसायीलाई जापानमा गएर व्यवसाय प्रवर्द्धन गर्न ढोका खुल्ले उहाँले बताउनुभयो।

‘जापानमा नेपाली कामदार पठाउने प्रक्रियालाई मर्यादित बनाउनुहोस्’, मन्त्री आलमले जापानमा कामदार पठाउन छनोट भएका १ सय ७२ मेनपावर एजेन्सीलाई भन्नुभयो- ‘नेपाली कामदारलाई यस्तो काम दिन्छु, यति पैसा लाग्छ भनेर अनियमिता नगर्नुहोस्, यस्तो कार्य गर्नेलाई मन्त्रालयले कारबाही गर्नेछ।’

सरकारले जापानमा कामदार पठाउने कम्पनीले कति पैसा लिने र कम्पनीले कति धरौटी राख्ने भन्ने सम्बन्धमा मन्त्रालयले छिट्टै निर्णयगर्नेसमेत उहाँले जानकारी दिनुभयो।

केही दिनअघि मन्त्री आलमको नेतृत्वमा जापान गएको नेपाली टोलीले जापानमा नेपालीका लागि ‘केयर गिभर’ क्षेत्रमा हुन सक्ने मागको सम्बन्धमा समेत जापानी पक्षसँग छलफल गरेको थियो। सो अन्तरक्रियामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलकबहादुर रानाभाटले सरकारले निर्देशिका जारी गरी छनोट भएका कम्पनीलाई जापानमा बजार प्रवर्द्धन गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।

रानाभाटले नीतिमा उल्लेख गरिएको रकम मात्र सेवा शुल्कका रूपमा कामदारबाट उठाउन व्यवसायीलाई अनुरोध गर्नुभयो। ‘सरकारका सबै नीति नियम व्यवसायीले मान्नेछन्। तर, जापानमा कामदार मागेमा सरकार जिम्मेवार हुनुपर्छ’ -रानाभाटले भन्नुभयो।

सरकारले जारी गर्न लागेको निर्देशिकामा जापान जान इच्छुक प्रशिक्षार्थीले नेपालको उद्योग मन्त्रालयअन्तर्गतका निकायमा दर्ता भएका औद्योगिक प्रतिष्ठान, उद्योग-व्यवसाय, कृषि, सहकारी, होटल, पर्यटन व्यवसाय, सेवा तथा वस्तु उत्पादन व्यवसायजस्ता क्षेत्रमा न्यूनतम दुई वर्षकाम गरेको हुनुपर्नेछ।
त्यसै गरी कृषिसम्बन्धी कामको निमित्त जान चाहने कामदारले सम्बन्धित उद्यम वा सम्बन्धित विषयको सहकारीमा काम गरेको हुनुपर्नेछ।

साथै जापानी भाषा तथा संस्कृतिका सम्बन्धमा न्यूनतम जानकारी भएको हुनुपर्नेछ। प्रशिक्षार्थीको उमेर १८ वर्षेखि ४० वर्षननाघेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। जापानमा कामका लागि जाने नेपालीले तोकेको कार्यक्षेत्रभन्दा बाहिर भागेर काम गरेको पाइएकाले सरकारले अब जाने कामदारका लागि कडा नियम लागू गर्ने भएको छ।

जिट्कोअन्तर्गत जापान जाने नेपाली प्रशिक्षार्थी कामदारले समय सकिएपछि नेपाल र्फकनुपर्ने व्यवस्था कडारूपमा लागू गर्न र नियम उल्लंघन गर्नेलाई स्वदेश फर्केपछि कारबाही गरिने मन्त्रालयले जनाएको छ।

2009年10月28日水曜日

हामी नेपाली कती सोझा ?

एक्काइशौ सताब्दीमा ईन्टरनेटको बिकास सँगै नेपालीहरुको संगत संसारका बिभिन्न देसका नागरिकहरुसँग भएको देखिएको छ । यो बिकासले संसार लाई नै एउटा सिङो राष्ट्र जस्तै बनाइ दिएको छ भने यो ईन्टरनेटको दुनियाँमा बिकास र बिक्रिती पनि उत्तिकै छ । नेपालको ईन्टरनेटको बिकास संसारको तुलनामा केही कमी नभए पनि आर्थिक स्तर एकदम कमजोर छ । यस्तो गरीब देसका जनताहरु लाई ठग्न संसारका बिभिन्न देसका नागरिकहरु नेपालीहरुलाई ठग्न बिभिन्न बहना बनाएर मित्रता बनाउन खोजी रहेछन भने सोझा सिधा नेपालीहरु बिदेसीबाट एउटा मेल आयोभने हुरुक्कै भएर मरिहत्ते गरी हाल्छन । तुरुन्त मेरो साथी भनेर विश्वाश गरी हाल्छन । एउटा बिदेसी बुदाले काठमाडौं कि २० बर्ष कि एउटी केटीको ईमेल हात पारेछन । त्यो बुढाले आफ्नो परिचय ईमेलबाट दियो र नेपाली युबती पनि हुरुक्क भएर जवाफमा आफ्नो भबिस्यको सपनाहरुका कुरा गर्न थालछ । ईमेलबाट नै आफ्नो आफ्नो फोटो पनि साटासाट गरेछन । १ महिना बित्यो २ महिना बित्यो उनीहरुको सम्बन्ध गहिरिदै गएछ । त्यो बुदोले नेपाली युबतीलाई सोध्यो म १ बर्ष पछी नेपाल आउँदै छु तिमीलाई के उपहार ल्याइदिउ ? नेपाली युबतीले जवाफमा लेखेछ "मलाई केही पनि चहिन्दैन तपाईं नेपाल आएपुग्छ ।" बिदेसी बुदोले लेखेछ म त ७२ बर्ष तिमीले मलाई मन पराइदिएन भने म नेपाल सम्म गएको केही अर्थ हुँदैन । नेपाली युबतीले लेखेछ "उमेर धेरै भएको मान्छे परीपक्व हुन्छन त्यसमा तपाईंले कुनै चिन्तालिनु पर्दैन ।" म तपाईं लाई माया गर्छु । त्यो बुदो नेपालको बारेमा धेरै जानकारी ईन्टरनेटबाटनै लिइसकेको रहेछ । नेपाली युबती काठमाडौंको रहेछ । त्यो बुदाले ईमेलमा लेखेको रहेछ । मलाई नेपालको पोखरा एकदम मन पर्‍यो , काठमाडौंमा बस्न रहर छैन , नेपालको अन्तरराष्ट्रिय बिमानस्थल बाटै डाइरेक्त पोखरा जाने बिचार नेपाली युबतीलाई राखे छ । नेपाली युबतीलाई बिकसित मुलुकका नागरिकलाई प्रभाव र खुशी पार्न सके आफ्नो भबिस्य राम्रो हुने आसाहरु पलाउन थालएछ । नेपाली युबतीले पनि आफुलाई पनि पोखरा एकदम मन परेको तर हाल सम्म पोखरा नगएको कुरा बताइन । यसरी कुरा गर्दगर्दै त्यो बुदा नेपाल आउने मितीतय भएछ । काठमाडौंको केटीलाई सबै आफुलाई चाहिने कपडा बोकेर एअरपोर्तमा बोलाएछ र बुदो पनि आईपुगेछ । महिनौको कुराकानीले नै उनिहरुको भावना साटासाट भईसकेकोले एअरपोर्टमा भेट्ना साथी किस गर्न कुनै सन्कोच भएन उनिहरुलाई । केही पाइला सरेपछी नेपाली केटीले बुदोलाई भनेछ । म कसैले तपाईंको बारेमा सोध्यो भने मेरो गडफादर भन्छु ल ? बिदेसीले भनेछ । ओके ओके ।
यसरी उनीहरु दिउसो ३ बजेको आन्तरिक उडानबाट पोखरा पुगेछ । कुनै होतल १ हप्ताको लागि लिएछ । त्यसपछी उनीहरु आफ्नै दुनियाँमा रम्न थालेछन । बुदो नेपाल बसाइ सकेर आफ्नो देस फर्केछ । यता नेपाली युबतीको महिनावारी रोकेछ । घरमा पनि भन्न नसकिने अन्तत एक्लै मेरी स्तोभमा परामर्स लिन पुगेछ । बिदेसीबाट ईमेल पनि आउन छोड्यो । कुनै अत्तोपत्तो नै नभए पछी त्यी युबतीले भ्रुण हत्या गरेछ । त्यती मात्र होइन रगतमा एच.आइ.भि. पोजेतिभ समेट पाएको रहेछ ।
यो खबर मेरी स्तोभमा आबद्व ब्यक्तीको कुराकानीको आधारमा तयार पारीएको हो ।

2009年10月25日日曜日

को जान्छ नेपाल ?पर्यटन बर्ष २०१०

२०१० मा Visit Nepal Year भनेर किटानी गरेको छ रे । ५ लाख देखी १० लाख पर्यटकहरु भित्र्याउने सरकारको योजना रहेछ । यो राम्रै कुरा भएपनी..., मलाई संसार त्यती गुलियो छ जस्तो लाग्दैन । जुन देसमा पर्यटकहरुलाई स्वागत गर्दैछ त्यही देसमा हप्ताको ९६ घण्टा लोडसेलिङ ? त्यस्तो देस त कही पनि छैन ।

अन्तरराष्ट्रिय पर्यटन राष्ट्रहरुमा पहिला भौतिक पुर्वाधार तयार भएपछी अनी पर्यटकहरु भित्राउने हो जती नै एभरेष्ट छ भनेपनि अहिलेको नेपालको बर्तमान अवस्थामा असम्भव कुरा हो ।

पर्यटन मन्त्री ज्युले पनि आफ्नो धरातल राम्ररी हेरेर ,जापान फ्रान्स स्विर्जल्यान्ड आदी पर्यटन बिकास देसहरुको भौतिक पुर्वाधारहरुको अबलोकन गरी , देसका पर्यटन ब्यबसायीहरुसँग परामर्श गर्न जरुरी छ । जे पनि हुन्छ भने "हुन्छ बहादुर"नेपाल पर्यटन बोर्डको लालटिनको बिचारमात्र सुनेर हुँदैन ।

म जाइकाको SV भएर २ बर्ष नेपाल पर्यटन बोर्डमा कर्मचारी भएर सँगै काम गरेको अनुभवले मैले यो बिचार राखेको छु ।

上記の記事はS.K先生がネパールから配信している日本語サイトの投稿を引用してネパール語で訳して記事です。S.K先生の記事はこの下に掲載してあります。
यो बिचार 2009 Feb 1 मा जापानी नागरिकले नेपालबाट सन्चालित जापानि अनलाइनलाई लेखिएको बिचारलाई मैले उपयुक्त सम्झी नेपालीमा अनुवाद गरेको छु ।
अनोज शाक्य

2010年はビジット ネパール イアーを設定するそうですね。50万人から100万人が目標だそうですね。それは、よいとしても・・・。私は、そんなに世界は甘くないと思います。どこに、観光客をウエルカムしようとする国に、1週間に96時間?の停電を強いる国がありましょうか?

 国際観光国とは、まず、インフラが確立していて、初めて旅行者が観光におとづれるものです。いくら、ヒマラヤがあると言っても、今のネパールの状況では、まず、ムリな話しですね。

 観光大臣も足元をよく見て、日本、フランス、スイス等の観光先進国のインフラをよく視察することですね。それと、ネパール国内の旅行業者の意見を十分に聞くことですね。なんでもイエスマンのNTBの提灯持ちの意見だけ聞いていては、ダメですよ。

 私は、JICAのSVとして、2年間NTBのスタッフと仕事を一緒にしてみて、その体験から、あえて意見を申し上げています。

2009年2月1日 (S.K生)

2009年10月24日土曜日

ネパールの農業研修生、篠山の2小学校訪問 


農業研修のため篠山市に滞在しているネパール人のビショ・ジット・ラマさん(21)が21日、同市内の2小学校を訪れ、母国の生活や文化を伝えた。得意の民族楽器「バンスリー」で「国民歌」も披露。児童からはスポーツや遊びなどに関する質問が飛び、ビショさんが上達した日本語で答えた。

 ビショさんは、神戸市の「PHD協会」研修生で4月に来日。ネパールの小学校建設を支援している「篠山ナマステ会」も協力し、県内各地でホームステイをしながら1年間、有機農業の実地研修を受けている。

 出身はガブレ郡ガハテ村で、首都カトマンズから北東にバスと徒歩で4時間。ビショさんは105世帯557人が暮らす村に農業先進地の技術を伝えるのが夢という。

 この日は、同市味間新の味間小と同市波賀野新田の古市小を訪問。味間小では6年生80人の質問に答え、村にはテレビが5台しかないことや、水道は5家族が共同で使っている現状のほか、天候や通貨、主食などを丁寧に紹介した。日本の生活については「魚が一番おいしい。最近は寒さに困っている」と話した。

 最後に国民歌「レッサムフィリリ」を笛で演奏。味間小6年の男児(11)は「笛は独特の音色だった。ネパールに行ってみたくなった」と話していた。

2009年10月22日木曜日

श्रममन्त्री जापानमा......!

टोक्योउ अबस्थित नेपाली राजदुतावासले नेपालबाट श्रममन्त्रीलाई निमन्त्रणा गरी जापानको जिट्को लगायत जापानका कम्पनीका सम्बन्धित कर्मचारीहरुलाई यही २६ तरिख साँझ ५:३० बजे खानपिन कार्यक्रमको आयोजना गर्दै छ । जिट्कोको आधीकारीक होमपेजका अनुसार उक्त खानपिन कार्यक्रममा सहभागी हुन जिट्कोमा पूर्वजानकारी गराइ आफ्नो नाम लेखाउनु पर्ने छ । नेपाल सरकारले निजीक्षेत्रलाई जापानमा औद्योगिक प्रशिक्षार्थी पठाउन इजाजत दिए पश्चात नेपाल उद्योग बाणिज्य महासंघ यस कार्यलाई कार्न्वन्यनगर्न गम्भिर भएर लागेको देखिन्छ भने निजीक्षेत्रका म्यानपावरहरुभने जापानमा बजार खोज्नु भन्दा नेपाली सर्वसाधारणसँग मनपरी ठग्ने कामतिर लागेको देखिन्छ । अहिले सम्म कुनैपनि नेपाली निजीक्षेत्रका कम्पनीहरु गम्भिर भएर कार्यन्वन्यनतिर लागेको देखिन्दैन । हाल सम्म ७ वटा निजीक्षेत्रले जापानमा संपर्क कार्यालय खोलिएपनी कार्यशैली उपलब्धी मुलक हुने देखिनदैन ।
केही निजीक्षेत्रका ब्यबसायीहरुलाई हालका दिनहरुमा जापान पठाइदिने भन्दै पैसा असुल्ने कार्य बारे प्रतिकृया लिन खोज्दा एक ब्यबसायीले आफ्नो नाम उल्लेख नगरने सर्तमा, अशिक्षित तथा गलत नियतका ब्यबसायीहरुबाट त्यस्ता गलत कार्य भइरहेको कुरा स्विकार्नु भयो ।
नेपाली राजदुतावसले यसरी खानपिन कार्यक्रम पहिलो पटक सप्तेम्बर ३ तारिख नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष कुस कुमार जोशीको निमन्त्रणामा गरिएको थियो भने यो दोस्रो पटकको खानपिन कार्यक्रम हो । आगामी फेब्रुअरीको पहिलो सातामा जिट्को र नेपाल सरकार श्रम मन्त्रालयद्वारा संयुक्त रुपले काठमाडौंमा सेमिनारको आयोजना पनि हुँदै छ । उक्त अबसरमा नेपाली सर्वसाधारणहरुले जिट्कोका अधिकारी र श्रम बिभागका सम्बन्धित कर्मचारीसँग यस प्रणालीसँग सम्बन्धित कुनै पनि प्रश्न र गुनासो राख्न सकिने छ ।

2009年10月4日日曜日

नम्रता श्रेष्ठबारेको हल्लाको पछी नलाग्नु होला ।

आज कल जे पनि एउटा बहना पायो कि तिललाई पहाड बनाउदै लाने चलन छ । त्यस्मा पनि फोगतमा ब्लग चलाऊन पाए पछी नेपालीहरुले अर्काको कुराकाट्नको लागि उपयुक्त ठाउँ भनेको छ ब्लग । नम्रता श्रेष्ठको बारेमा जती नै हो हल्लाहरु भईरहेछन । त्यी गिरोहहरु ईन्टरनेट र फिसिङ गर्ने ह्याकर हुन । अरुको पासवर्ड चोर्नको लागि त्यस्ता गिरोहहरुले नेपालीहरुलाई आकर्षण पर्ने खुराकीहरु पस्किदै आईरहेका छन । ति गिरोहहरु कहिले चिट्ठा परेको बधाई भनेर मेल पठाउछन त कहिले आफ्नो सम्पत्ति लुकाउने ठाउँ नभएकोले तपाईंको बैंक खातामा पठाउछु भन्दै सर्बसाधारणहरुको ब्यक्तिगत विवरण चोर्नको लागि बिभिन्न नाटक गरिरहेको हुन्छन । अब नेपालीहरुको कमजोरी ति गिरोहहरुलाई बुझ्न सजिलो भएको छ । एउटा सानो कुराको इस्स्यु गर्दैलाने मुर्ख नेपालीहरुले के कस्तो दु:खको सामना गर्नु पर्ने हो । जस्ले नम्रता श्रेष्ठको भिडियोप्रकरणको पछी लाग्दै आफ्नो ब्यक्तिगत विवरण सर्वजनिक गर्दै जान्छ । त्यो त्यस्ता ब्यक्तीहरु अबस्य पनि ठगिने वा आफ्नो महत्वपूर्ण संपर्कहरु भएको मेल एकाउन्ट नै अरुले अपहरण गरी दिन्छन । अनी देख्लास नम्रताको हल्लाको कमाल ।

कृपया यदी तपाईंहरु मध्ये कसैले नम्रता श्रेष्ठको भिडिओ प्रकरणको बिषयमा पिछ्या गर्दै हुनु हुन्छ भने मेरो मेल ठेगाना तपाईंको address Book बाट हटाइ दिनु होला । तपाईंहरुको मुर्खताले गर्दा दु:खको सामना गर्न चाहन्न । फेश बुकको सन्जालले सबैसँग नेटवर्क गरी सबैको ब्यक्तिगत विवरण चोरिने सम्भावना छ ।

2009年10月1日木曜日

नेपाल सरकारको कमजोरी, मनपरी नोट र नागरिकताको जारी


-अनोज शाक्य
नेपाली सर्वसाधारणहरुले पनि नोट के हो ?बुझ्नु पर्ने समय आएको छ ।
कुनै पनि देसले किन पैसा किन सन्चालनमा ल्याएको ? नोट र पैसाको फरक के हो ? सबै नोट पैसा हुँदैन । पैसा नोट कहिले हुँदैन । नोट जारी भएको सम्बन्धित देसमा बिना केही उत्पादन वा निर्यातयोग्य बस्तुको उत्पादन नभइ नोटमात्र जारी हुनु देसकोलागि खतरा छ।
नेपालीहरुलाई फोस्रे धनी बनाउन सरकारले यसरी नोट छापेको होइन ?नेपालमा जस्को पनि मनपरी भईसकेको छ । बिदेसमा बस्ने नेपालीलाई किन? नेपाली नागरिकता चाहियो ? नेपाली नागरिकता चाहिए किन ?बिदेस बस्नु पर्‍यो ? नेपाल सरकारको जिम्मेवार ब्यक्तीहरु र नेताहरुलाई नागरिकता र नोट जारी गर्ने काममा राष्ट्रको कती जिम्मेवारी हुन्छ भन्नेकुरा जानकारी छैन जस्तो लाग्छ ।
हरेक नेपाली नोटमा लेखेको हुन्छ कि [नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ 0000 तुरुन्त पाईन्छ ।] अहिले नेपाली नोटहरु बिदिसिएको वा कालो बजारीहरुले लुकाएको अवस्थामा छ । नेपाल राष्ट्र बैंकले पैसा सकिए अर्को छाप्ने कामलाई मात्र निरन्तरता दिएको जस्तो देखिन्छ । के नोट जारी गरेर नागरिक समक्ष पुगिसकेपछी त्यस्को जिम्मा सरकारलाई छैन ?यदी सरकारको यस्तै नितीमा नेपाल चल्दै जाने हो भने अर्को ५ बर्ष पछी १ डलरको रु ३०० रुपैयाँ पुग्न सक्छ । नेपाल सरकारको दिएको जमानत अनुसार कसैले ५ बर्ष पछी त्यी रकमहरुको भुक्तानी माग्न कोही देशी वा बिदेशी आयो भने नेपाल सरकारले के भुक्तानी दिने हो । देसमा केही उत्पादन छैन । त्यती बेला हाम्रो देसको कस्तो हालत होला ? के हाम्रो देसले बैदेशिक रोजगारीको नाममा न्युनपारिश्रमिकमा देसको जनशक्ती बिदेसीहरुलाई उपलब्ध गराउने मात्र काम गर्ने त ? जुन बिनमयदरले नेपालीहरुको मेहनतको मुल्य कम हुँदै जान्छ र हरेक नेपालीहरु बिदेस पलायन हुन वाध्य हुने छ । स्वदेसमा बिदेशी हस्तक्षेप बददै जाने छ ।

2009年9月28日月曜日

नम्रता श्रेष्ठको भिडियो फाइलमा भाईरस !

केही दिन अगाडि निकै चर्चा पाएको नेपाली चलचित्र कि नायिकाको अश्लील भिडियो आफ्नो मोबाईलमा राखेका मोबाइलवालाहरुको मोबाइलमा भाईरस छिरिसकेको अनुमान गरिएको छ । बिदेसी प्रोनो साइटमा समेट राखिसकेको उक्त फाइलमा बढी भन्दा बढी डाउनलोड हुने प्राय अस्लील फाइलहरुमा यसरी भाईरस राखिने गरिन्छ । उक्त भाईरस मोबाईल वा कम्प्युटरमा सरिसकेपछी ,मोबाइलले अटोमेतिक कलडाइल हुने , स्वर अस्पस्त हुने ,पोस्तपेडमा भए बढी बिल आउने र प्री पेडमा भए बाल्यान्स छिटो सकिने हुन्छ । सानो रमाइलोको लागि आफ्नो आर्थिक क्षतीबाट उक्त FLV र 3gp फाइल डिलेट गर्नु नै राम्रो हुने छ ।कम्प्युटर तथा मोबाईल ह्याकरहरुले भाईरस फैलाउनको लागि पनि यो भिडियो फाइल सार्वजनिक गरेको हुन सक्छ ।

2009年9月23日水曜日

पत्रकारको लापर्वाहीले नायिकाको बिजोग ।

एउटी नेपाली सिने जगतमा हालसालै ख्याती जमाउन सफल भएकी नायिकाको ब्यक्तीगत मनोरन्जन लागि खिचिएको भिडियो प्रकरणले संसारका बिभिन्न देसमा छरिएर बसेका नेपालीहरु माझ एउटा आधी आएको छ । एउटा अयोग्य पत्रकारले आफु पत्रकार भएर एउटी मेहनती नायिकाको बदनाम गरेको छ ।मान्छे प्राणी मध्ये सर्बोकृष्ट प्राणी हो । यि प्राणीहरुले गर्दा नै संसार बिकास भएको छ । असम्भव भनेको केही नभएको जमानाको बिकास भएको छ । अब जमाना यस्तो भईसकेको छ कि देखाउन हुने कुरा खिच्न भएन । कसैलाई सुनाउन नहुने कुरा बोल्न र क्यासेटमा भर्न भएन। कुनै पनि प्राणीको खुशी ,रिस ,आबेग , उत्तेजनाको सिमा हुँदैन । देसको बिकास सँगै नारीहरुको पहिरण पातलो र छोटो हुँदै जान्छ भन्ने एउटा कुरा मैले कुनैबेला पढेको थिए । साथीहरुको संगतको लहलहै मा लागेर मैले पनि अरु लाई भन्न नसक्ने एउटा काम गरेको छु । यो प्राय सबै को एउटा न एउटा यस्तो कृयाकलाप गरेकै हुन्छ मान्छे भन्ने प्राणी ले । यौन जुन हरेक प्राणीलाई हुने एउटा नैसर्गिक अधिकारको कुरा हो । यसबाट कोही पनि बन्चित पनि हुँदैन र हुन्न सक्दैन पनि । आफुलाई इच्छा त गर्न सकिन्छ इच्छा छैन त नगर्दा हुने कुरा हो । आफुले देखेको सबै कुरा अरुलाई भन्न जरुरी पनि छैन । आफुले सुनेको कुरा अरुलाई गर्न जरुरी पनि छैन । २१ औ सताब्दीमा संसार बिकास भई सकेको अवस्थामा कतीपय देसहरुको संस्कार बिकास हुन सकेको छैन । संस्कारको बिकासबाट नै देसको बिकास हुन्छ । मान्छे किन मेहनती हुन्छ ? किन हरेक दिन नयाँ नयाँ कुराको खोजीनितीमा लाग्छन । एउटा पुस्तकमा मैले पढेको अमेरिकन महिलाहरु प्राय यौनआनन्द कसरी लिने र कसरी दिने ,कस्तो औषधीको सेवन गर्‍यो भने यौनबल बद्छ । कस्तो आसनमा बसी दियो भने पुरुषलाई यौन आनन्द दिन सकिन्छ र आफुलाई यौनआनन्द आउछ भने बिषयमा केन्द्रीत भएर सोच्छ रे । अर्को कुरा केश महिलाहरुको आक्रशनको सम्पत्ति हुने भएकोले केसलाई अमेरिकन केटीहरुले बिशेष ख्याल गरेको हुन्छ रे । यौन संस्कारको बिकासको लागि युवा युवतीहरुको बिशेष भूमिका हुन्छ । १६ बर्ष देखी १८बर्ष ,१९ बर्ष देखी २५बर्ष ,२६ बर्ष देखी ३० बर्ष ,३१ बर्ष देखी ४० बर्ष र ४० देखी ५० बर्षका महिला पुरुषहरुमा फरक फरक तरिकामा यौन उतेजना आउछ । अब १६ बर्षको केटालाई उतेजना त आयो कमाइ हुँदैन । ५० बर्षको मान्छेको कमाइ हुन्छ उतेजना हुँदैन । यौनसुख भनेको २५ बर्ष देखी ४० बर्ष सम्म हुने कुरा हो । उक्त उमेर अबधी मान्छे केटा होस वा केटी अलिकती उतपटाउलो हुनु स्वभाविक नै मान्न सकिन्छ । ६० बर्षको बुढो वा बुढीको चाउरे परेको छाला कस्ले हर्ने रहर गर्छ र ? केहीदिन अगाडि नेपाली चलचित्र जगतका एउटा नयाँ नायिकाको भिडियो प्रकरणको कारण सो नायिका आफ्नो जीवनको आउदो दिनमा नेपाली समाजले उस्लाई कस्तो दृष्‍टिले हेर्ने हो शायद उनी नायिका अहिले मनको बाघसँग डराइ रहेको होला । नेपालको बिकासको सन्दर्भमा नेपालीहरुले बिहान खाएर बेलुका के खाउ भने अवस्थामा पनि सुचना प्रवाहको बिकासले सत्य वा असत्य सुचनाबाट बन्चित भएको छैन । यही सुचना प्रवाहको बिकासलाई नेपालीहरुले कसरी उपभोग गर्ने हो । यस्को प्रयोजन अनुसार बिकास र बिकृती जता पनि मोडीन सक्छ । कलाकार दर्शकको साझा सम्पत्ति हो । एउटा उखान छ "हल्ला राम्रो होस वा नराम्रो हल्लाको समयवधी ७५ दिन हुन्छ !" रे । भिडिओ प्रकरणमा मुछिएका नायिकाले आफ्नो आत्माबललाई दरिलो बनाइ चलचित्र क्षेत्रमा नलागी अन्य कुनै ब्यवसायमा लाग्दा राम्रो हुन्छ । कमाइ भन्दा खर्च बढी हुने क्षेत्र भएकोले चलचित्र क्षेत्रमा सुकुलगुण्डाहरुको लागि मात्र ठीक होला । देस बिकासमा सकृय हुन चाहनेहरुको लागि चलचित्र क्षेत्र उपयुक्त भने होइन । कि जस्तो आलोचनाको पनि सामनागर्ने आत्माबल हुनुपर्‍यो । कि चलचित्र क्षेत्र नै छोड्नु पर्‍यो । चलचित्र क्षेत्र जती बिकास भए पनि चलचित्र बनाउनको लागि प्रयोजन हुने प्राय उपकरणहरु बिदेसी हुने भएकोले नेपाललाई केही पनि फाईदा छैन । बेरोजगारी नेपाली युवायुवतीहरुलाई भोको पेटमा उफार्ने र पारिश्रमिकको कुनै ग्यारेन्टी नभएको कार्यक्षेत्र हो । क्र म स

2009年9月22日火曜日

जापानको कामदार छनोट प्रक्रियामा पारदर्शीता नहुने आशंका

हिराचनले महासंघको बलमा हिरा फोड्ने !
यो समाचार अभिमतपत्रबाट साभार गरिएको छ ।
http://avimatpatra.blogspot.com/

काठमाडौं । सरकारले जापानमा कामदार पठाउने जिम्मा नेपाल उद्योग वाणिज्य महासंघलाई दिएपछि पनि कामदार छनोट प्रक्रियामा पारदर्शीता नहुने आशंका जापानबासी नेपालीहरूले गरेका छन्। महासंघले पहिलो चरणमा ६ जना र दोस्रो चरणमा ३७ जना कामदार जापान पठाइसकेको र एक वर्षभित्र पाँच हजार जना पठाउने तयारी भइरहेको समाचार छ। जापान नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएको र नेपालको मुख्य सहयोगी भएकाले कामदार छनोट प्रक्रियामा संवेदनशील हुनुपर्ने सुझाव जापानबासी नेपालीहरूले दिएका छन्।
उवामहासंघले कामदार छनोटमा म्यानपावर कम्पनीले जस्तै बदनामी कमाउने आशंका उठ्ने पात्र बनेका छन्–जापानस्थित उवामहासंघका प्रतिनिधि तथा एनआरएन जापानका अध्यक्ष देवमान हिराचन। विगतमा तत्कालीन शाही नेपाल वायुसेवा निगमको काठमाडौं–ओशाका–काठमाडौं उडानका क्रममा जापानको जीएसए रहेका हिराचनले नेपाल वायुसेवा निगमलाई करोडौं घाटा पारेको घाउ नबिर्सिएका जापानबासी नेपालीले प्रशिक्षार्थी कामदार प्रकरणमा हिराचनको सक्रियताप्रति आशंका गर्न थालेका हुन्। उक्त उडानका कारण निगमले करोडौं नोक्सानी बेहोरेको थियो भने हिराचन रातारात करोडपति बनेको चर्चा जापानबासीबीच अद्यापि चल्नेगर्दछ। ५ हजार प्रशिक्षार्थी कामदार पठाउने क्रममा करोडमात्र होइन, अरबको चलखेल हुने भएकाले हिराचन एनआरएनको आगामी अक्टुबर १३, १४ र १५ तारिखमा काठमाडौंमा हुने अधिवेशनमा अध्यक्ष हुन निकै सक्रिय हुन थालेको चर्चा छ। हाल एनआरएन जापानको अध्यक्ष रहेका हिराचनले महासंघलाई प्राप्त ५ हजार कामदार पठाउने कोटाबाट अरबौं आम्दानी हुने भएकाले यसपटक आफूलाई अध्यक्ष बनाउनका लागि महासंघका अध्यक्ष कुशकुमार जोशी र वर्तमान एनआरएनका अध्यक्ष उपेन्द्र महतोलाई समेत बसमा पारिसकेको चर्चा छ। महासंघका अध्यक्ष जोशी त हिराचनलाई अध्यक्ष बनाउन जुटिसकेको बुझिएको छ।
जापानमा पठाइने प्रशिक्षार्थी कामदार छनोट प्रक्रियामा जिल्लास्थित उद्योग वाणिज्य महासंघले उद्योगहरूमा कार्यरत मजदुरहरूलाई छनोट गर्ने भनिए पनि त्यसको कुनै मापदण्ड नभएकाले यसमा समेत म्यानपावरले जस्तै लाखौं उठाउने खेल नहोला भन्ने आधार छैन भन्दै जापानबासी नेपालीहरूले गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष तथा नेउवामसंघका जापान प्रतिनिधि हिराचनलाई कामदार छनोटको पारदर्शीता र अन्य विविध पक्षमा जिज्ञासा राखेका छन्। अधिकांश जिल्लाहरूमा उद्योग नै नभएकाले कामदार छनोटमा धाँधली हुने र रकमको चलखेल हुने आशंका गर्नथालिएको छ। हिराचनले महासंघले पठाएका कामदारलाई जापानमा स्वागत गर्ने र जापानमा मान्छे झिकाउनका लागि मार्केटिङ गर्न दुईजना कर्मचारी किरणजंग थापा र चिरन्जीवी थापालाई राखेपछि महासंघको ब्यानरमा मानवतस्करी त भइरहेको छैन भन्ने आशंकालाई बल पुगेको छ।
यसैगरी जापानमा कामदार पठाएबापत प्रत्येक कम्पनीले महासंघलाई एक जना बराबर १५ हजार येन प्रत्येक महिना मेनेजमेन्ट शुल्क दिंदा १ हजार कामदारको १ करोड ५० लाख येन हुन्छ। नेपाली रुपैयाँ १ करोड २५ लाख आम्दानी प्रत्येक महिना महासंघलाई प्राप्त हुनेछ। यो रकम मजदुरले नै पाउने कि नपाउने भन्ने प्रश्नमा हिराचनले घुमाउरो जवाफ दिएर पन्छिने प्रयास गरेका छन्। मेनजमेन्ट शुल्क महासंघलाई आउने कुरा स्वीकार गरे पनि रकम १५ हजार येन नतोकिएको उनले बताएका छन्।

2009年9月17日木曜日

जापानमा तालिमलिन जान चाहनेहरुलाई हाम्रो सेवा ।


श्रम तथा यातायात ब्यबस्था मन्त्रालयबाट निजी क्षेत्रलाई जापान पठाउन इजाजत दिएपछी नेपालका बेरोजगार युवायुवतीहरु बिचको कुराकानी जापानमय बनिएको छ । के जापानमा जाने प्रकृया सरल छ त ? २००९ सेप्टेम्बर २ तरिखको जापानको राष्ट्रिय दैनिकमा यस एसिया फ्रेन्डशिप प्रा लिको बिज्ञापन गरेर हेरे । जम्मा ४ लाख ५० हजार बिक्री हुने पत्रीकामा बिज्ञापन गर्दा जम्मा १०२ वटामात्र कम्पनीहरुबाट इमेल आयो र प्राय सबै कम्पनीहरुले कम्पनी प्रोफाइल जापानिजमा मागिएको छ भन्ने , कतीले नेपालीहरुसँग बिहेगर्ने ईच्छा राखेका छन । केहीले नेपाल भ्रमण गर्दैछु सहयोगगर्न सक्नु हुन्छ भन्ने खबरहरु आएको छ । कती कम्पनीहरुले नेपालमा उत्पादन हुन सक्ने बस्तुहरुको जानकारी मागेका छन भने ,कतीले राजनीति र सामाजिक प्रश्नहरु पठाएका छन । आउदो डिसेम्बेरको पहिलो हप्ता काठमाडौंमा जिट्कोद्वारा जापानमा औद्योगिक प्रशिक्षार्थी प्रणाली सम्बन्धी सेमिनारको आयोजना गर्दैछ । उक्त सेमिनारमा सबैलाई सहभागीको लागि आब्हान गरिने छ । उक्त कार्यक्रममा भागलिन चाहनेहरुले info@ourasia.jp मा संपर्कगर्न सक्नु हुनेछ । म्यानपावर लगायत जापानमा तालिमलिन जान चाहने हरुले ईमेलबाट संपर्क गर्नुहोस् ।

2009年9月9日水曜日

जनक शिक्षा सामग्री केन्द्रलाई सुझाव !!

हरेक बर्ष नयाँ शैक्षिक बर्षमा पाठ्यपुस्तकको अभावमा महिनौ पढाई भईसक्दापनि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक उप्लब्ध गराउन नसक्दा विद्यार्थी तथा अबिभावकहरुलाई तनाब हुने गर्दछ । पाठ्यपुस्तक निजी क्षेत्रले पनि प्रकाशनगर्न पाउनु पर्छ भनी माग राखी पाठ्यापुस्तक छपाइमा पनि राजनीति सुरु हुन लागेको जस्तो लाग्यो । नेपाली गरीब मानसिकता भएका केही तत्वहरुले गर्दा देसभरीका जनताले दु:ख पाइरहेका छन । के जनक शिक्षा सामग्री केन्द्रले सम्पूर्ण पाठ्यपुस्तकहरु PDF फाइल बनाएर अनलाइनबाट उपलब्ध गर्न सक्दैन । कमिसनको लोभले जनताहरुलाई कती दु:ख दिनु हुन्छ । अनी तपाईंहरुलाई जुनबेला छाप्न मन लाग्छ त्यो बेला छाप्नुस् नेपाली विद्यार्थीहरुको पढाईमा बाधा त हुँदैन । कहिले मतपत्र छाप्ने कामले गर्दा पाठ्यपुस्तक छाप्न ढिलो भयो रे । धरी लोडसेलिङलाई दोष के हो सरकार र सरकारी कर्मचारीको चाला ? जनक शिक्षा सामग्रीलाई त्यती गर्न फुर्सद छैन भने मैले २ दिनमा १ देखी १० कक्षा सम्मको पाठ्यपुस्तकहरु अन्लाईनमा हाली दिउ ? इजाजत दिनुस् । २दिनमा १४ अञ्चल ७५ जिल्लामा पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मा मेरो भयो । छपाइको कमिसनका लोभिहरु र घुस्याहाहरु त निरुत्साहित होला ।

2009年9月5日土曜日

औद्योगिक प्रशिक्षार्थी जापानलानकोलागि सेमिनार सम्पन्न ।


नेपाल सरकार र जापान सरकार बिच सम्पन्न नेपाली युवा युवतीहरुलाई जापानमा औद्योगिक तालिम दिलाई नेपाल फर्काइ नेपालको औद्योगिक बिकास टेवा पुर्याउनकोलागि आगामी दिनहरुमा जापानको बाटो खुल्ला गरिएको छ । २००९ सेप्टेम्बर ३ तारिखका दिन जापान अबस्थित नेपाली राजदुतको आवासमा आयोजित कार्यक्रममा जापानकोलागि नेपाली राजदुत गणेश योन्जन तामाङ लगायत जिट्कोका प्रतिनिधी तथा नेपाल बैदेसिक रोजगार ब्यबसायी संघका अध्यक्ष टिलक रानाभाट ,नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुस कुमार जोशी लगायत हिमाल म्यानपावर इम्पोलाईमेन्ट प्रा लिका जापानस्थित अधिकारी फुजिने सिगेओको पनि उपस्थिती थियो । उक्त कार्यक्रममा केही बर्ष अगाडि कोरियाले नेपाली कामदारहरुलाई भाषा प्रशिक्षण गराइ हजारौ नेपालीहरुलाई लाखौं आर्थिक बोझ पारेको कुरा स्मरण गर्दै जापानमा तालिममा जान इछुकहरु लाई जापानी भाषा छनौत प्रकृया पछी मात्र पढेपनि पुग्ने कुराको जानकारी दिनु भयो । सोही अबसरमा बर्तमान अवस्थामा नेपालका बिभिन्न ठाउँहरुमा जापानीभाषा सिकाउने बहनामा मोटो रकम असुल्ने गिरोहहरुलाईपनि निगरानी गरेको कुरापनि जानकारी गराउनु भन्नु भयो । जापानी भाषा कम्पनीले लिनेभए पछीमात्र सिके पनि पुग्ने कुरा फेरी दोह्र्याउनु भयो । जापानको हालसाल सम्पन्न भएको चुनावले यस प्रणालीलाई केही असरपर्न सक्ने सम्भाबना रहेको कुरा पनि जानकारी दिनु भयो । हालको विश्वब्यापी मन्दीको कारण जापानी बेरोजगारीहरुको समस्याको पहिलो प्राथमिकता दिने त्यसपछीमात्र बिदेशी कामदारहरुलाई पनि अबसर दिने कुराको जानकारी दिनु भयो । चाइनाबाट हरेक बर्ष ६० हजार जनाको हाराहारीमा औद्योगिक प्रशिक्षार्थीहरु जापान आउने गरेको छ । TKK युनियनद्वारा नेपाल उद्योग बाणिज्य महासंघ मार्फत पु:न केही नेपाली औद्योगिक प्रशिक्षार्थीहरु लिने भएको छ । अब नेपाल उद्योग बाणिज्य महासंघबाट जापानजानेहरुले पनि टेक्स्टाइल कै काम तालिम लिनेछन भने अर्को एउटा युनियनका प्रमुख अक्टोबरमा नेपालबाट औद्योगिक प्रशिक्षार्थी लिन नेपाल आउने भएको छ ।

जापानमा औद्योगिक प्रशिक्षार्थीमा जान इछुकहरुको लागि परामर्शको लागि संपर्क राख्नु होस् ।

ourasia@yahoo.com

01-5009207

2009年6月23日火曜日

日本のJITCO(国際研修協力機構)は、ネパール政府に対し、ネパール国内の新たな研修生送り出し機関についての詳細な説明を求めた。

ネパール労働運輸管理省は、JITCO(国際研修協力機構)に対し、新たにネパール政府が認めた研修生送り出し機関170社の名簿を提出した。これに対し、その1ヵ月後の水曜日、JITCO(国際研修協力機構)は、名簿に登載されているネパール国内の研修生送り出し機関の個別の詳細な説明を求めてきたことを、ネパール労働省のブルナチャンドラ・バットライ副事務次官が記者会見で公表した。

ネパール政府は、今回のJITCO(国際研修協力機構)の要請に対し、この記者会見後1週間以内に、名簿に登載して提出したネパール国内の研修生送り出し機関の詳細を回答する予定であることを発表した。なお、その際、JITCO(国際研修協力機構)が、直接各研修生送り出し機関と連絡が取れるように個の機関の連絡先を回答に含めるとのことである。

日本政府は、ネパール人研修生に対し、日本国内では1年目は研修生として、2年・3年目は技能実習生(労働者)として研修を受け、帰国後は日本の研修や技能実習によって培われた技術を生かして、母国の産業の発展に貢献して行くことを義務づけている。
なお、研修生は日本の第1次または第2次受入れ機関から研修手当が支給され、技能実習生は労働者として日本の最低賃金法が適用されるので、日本人と同等の賃金が支給されることになる。