2011年3月12日土曜日

जापानमा बस्ने साथिहरु साबधानी अपनाऔ ।


जापानमा बस्ने नेपाली साथिहरु सबै सकुसल नै होला भनि आसा गरेको छु । शुक्रबारको भुइचालो देखि जापानमा रहेका धेरै नेपालीहरु तितरबितर भएको महसुस भएको छ । शुक्रबारको ठुलो भुइचालो पछि क्षण क्षणमा आइरहेको कम्पनले सबैलाई झस्काइ रहेको छ । भुकम्पबिदहरुको अनुसार एकहप्ता देखि १५ दिन सम्म यो प्रक्रिया चलीरहने छ । ट्रेनहरु चलेको छैन । बस पनि खासै चलेको छैन । खान्तोउ एरियामा लोडसेदिङ हुँदैछ रे । कति ठाउँमा पानी पनि आएको छैन रे । सरकारीले सार्वजनिक स्कुल पार्कमा सिबिरको ब्यबस्था गरेको छ । त्यहा मलाइ झन सुरक्षित त लागेन । ठुलो भुइचालो आयो भने झन मान्छेले मान्छेलाई कुल्चिएर अकालमा ज्यान जना सक्छ । बाहिर हिंड्न उचित नहोला कुनैपनि बेलाको भुइचालोले गगनचुम्बी भबन ढाली दियो भने त्यसले किचिन सक्छ । माथिल्लो तल्लातिर बस्ने साथीहरुले केही दिनको लागि आफ्नो कोहि साथी जसको एक तलले घरमा कोठा छ त्यहा बास मागी सर्दा राम्रो हुन्छ । भुइचालो लामो भयो भने ओसीइरेमा छिर्दा सुरक्षित हुन्छ । अथवा ओफुरोमा पसेर माथि ढकनी लगाएर बस्नु होला । जापानको घर भुइचालोले नभत्किए पनि ग्यास चुहिएर आगो लाग्न सक्छ । होसियार हुनु होला । समुन्द्रबाट ५ किलो मिटर छेउ तिर बस्ने साथीहरु अन्यत्र साथीहरुको कोठामा जापान सरकारले ब्यबस्था गरेको सिबिरमा सरणमा जानु होला। आफु बस्ने ठाउँ सके सम्म एकान्त रोज्नु होला भिडभाडको ठाउँ र बच्चाहरु धेरै भएको ठाउँ नरोज्नु होला। केही बिपती आएको खण्डमा आफुले सकेको सहयोग गरिदिनु होला । प्राय होटेलहरुमा अहिले कोठाहरु पाउदैन । रेडियो टि.भी बाट खतरामुक्त भयो भने मात्र बाहिर निस्कनु होला । भुइचालो आउना साथ् पहिले ग्यास निभाएर दराज वा सौचालय खाट मुनी लुक्नु होला । अहिले जापानका प्राय मान्छेहरु स्कुल ,नगरपालिकाको कार्यालय , ब्यायम सेन्टरहरुमा बसेर आफ्नो सुरुक्षा गरिरहेका छन् । भगवानले चाडै भन्दा चाडै यो खतराबाट मुक्ती दिलाओस ।

जापानको अहिलेको संकटकालमा कसैलाई पनि संपर्क बिहिन नहोस् भनेर जापान देश भरीका सार्वजनिक फोनबाट निशुल्क फोनगर्न सकिने ब्यबस्था गरिएको छ ।

बिशेष गरि सोमबारको दिन मास्क लगाएर हिड्नु होला । बिषादी हावा आउछ भने अघि एफ.एम मा भन्दै थियो । मलाई लेख्न आउदैन ।

2011年3月2日水曜日

यो घर बिक्रीमा छ ।



जापानको सिकोकु प्रान्त अन्तर्गत इनावारी शहरको हाइवे संगै बाटोमा पर्ने घर बिक्रीमा छ । मुल्य २ करोड ९५ लाख जापानी येन मात्र । १२ आना जग्गा र घर समेत । किन्न इच्छुकहरुले संपर्क गर्नु होस् ।जापानमा आएर घर हेर्न चहिएको खण्डमा पनि हामी तयार छौ । कृपया किन्नेले मात्र संपर्क गर्नु होला । फोनमा 080-3096-7560 अनोज शाक्य E-mail: anojshakya@gmail.com

2011年2月26日土曜日

जफत की लुतपात ?

चिनियाँ नागरिकको दस लाख डलर जफत गर्न मुद्दा!
कान्तिपुर

काठमाडौं, फाल्गुन १४ - नेपाल बंगलादेश बैंक भैंसेपाटी शाखामा चिनियाँ नागरिक यु लिसिङ्गको नाममा जम्मा भएको दशलाख अमेरिकी डलर जफत गर्न समेत माग गर्दै राजश्व अनुसन्धान विभागले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनको विरुद्ध दायर भएको अभियोगपत्रमा उक्त रकम के प्रयोजनको लागि आएको खुलाउन नसकेको साथै सम्पत्ति सुदिकरण गर्ने मनसायले बैकमा जम्मा भएको देखिएकोले प्रतिवादी यु लिसिङ्गलाई सम्पत्ति सुदिकरण ऐन, २०६४ को दफा ३, ४ (ख) र दफा २९ विपरित आर्य गरेको दावी छ ।

अभियोगपत्रमा उनलाई सोही ऐनको दफा ३० (१) क बमोजिम सजायँग दफा ३४ -ज्ञ) बमोजिम बैंकमा जम्मा भएको रम समेत माग गरेको छ ।

अभियोगपत्रमा अभियुक्त यु लिसिङ्ग फरार गरेको उल्लेख छ ।



प्रकाशित मिति: २०६७ फाल्गुन १४ १२:१७ कान्तिपुर

यो समाचार मैले नबुझेको होकी पत्रकार महोदय को लेखाइ नमीलेको होकी न त राजस्व बिभागले नै नबुझ्ने काम गरेको जे होस् मलाइ गजब लाग्यो । के बैंकमा पैसा राख्नु गैर कानुनी हो ?उक्त चाइनिज नेपालमा के को लागि आएको त्यो पैसा के को लागि ल्याएको भन्ने सुराकी गरेर नेपालमा गैर कानुन धन्दागर्नलाई ल्याएको भए जस्तो सुकै कानुनी कार्वाही गरे पनि मतलब छैन । यहाँ अभियोग १० लाख डलर जफत गर्ने मुद्धा भनेको छ । कतै बिदेशी लुत्ने बहना त होईन । यदि त्यी चाइनिज नेपालमा कुनै ब्यवसाय गर्न ल्याएको रकम हो भने वा कुनै निकायमा सहयोग गर्ने मनसाय ले ल्याएको भए के हुन्थियो ? एक त नेपाल सरकार बिदेशी लगानीलाई प्रेरित गर्न बिभिन्न प्रचार प्रसार गर्ने । नेपालमा डलर भन्नासाथ कति न लागुपदार्थलाई जस्तो सोच्ने गरीब मानसिकताले गर्दा नेपाली समाजको गलत सन्देस छिमेकी मुलुकमा पुग्ने छन् । नेपाल सरकारको सम्बन्धित निकायलाई एउटा कुरा जानकारी यो गराउछु की चाइनाको १३ अर्ब जनसंख्या मध्ये १ अर्ब जना भन्दा बढी त अरबपती नै छन् हाम्रो देशमा जनसंख्या साँढे २ करोड मात्र छ यसरी पनि बुझ्नु पर्ने होईन ? । नेपाल कै छबी बिग्रिने गरी प्रसाशनले सर्वसाधरणलाइ दु:ख दिने काम नगर्नु होला ।

देशको बिकासगर्न नागरिक र प्रसाशनका नेपालीहरुको सोचाइ र गरीब मानसिकता हट्न जरुरी छ ।
अनोज शाक्य

2011年2月19日土曜日

जापानमा औध्योगिक प्रशिक्षार्थी प्रबर्ढनबारे सेमिनार ।

आउदो २४ तारिख जापानबाट जिटकोका प्रतिनिधिहरु श्रम तथा यातायात ब्यबस्था मन्त्रालय बैदेसिक रोजगार बिभागको संयुक्त रुपले सेमिनारको आयोजना हुँदै छ । नेपालबाट नेपाली औध्योगिक प्रशिक्षार्थी जापानमा सबभन्दा बढी जापान ह्युमन सपोर्त कर्पोरेशनले नेपालीहरुलाई जापान अबसर दिएको छ । यस जापान ह्युमन सपोर्त कर्पोरेशनले २०११ भरीमा १०० जना भन्दा बढी नेपालीहरुलाई जापान ल्याउन योजना तयार गरेको छ । जापानमा औद्योगिक प्रशीक्षार्थी प्रणालीको प्रक्रियागत ज्ञान नभएको कारण नेपाली ब्यबसायीहरुलाई जापानमा बजारिकरण गर्न कठिन परेको अवस्था छ । सरकारले अरब मुलुक र मलेसियामा लागु गरिएको नियम यस प्रणालीमा डिमाण्ड भन्ने शब्द लागु गरिएको हुँदा जापानका कम्पनीहरु झन्झतिलो प्रक्रियामा धेरै समय खर्चिन सक्दैन । यसरी डिमाण्ड प्रक्रिया थाइलेण्ड , बङलादेश ,फिलिपिन,इन्डोनेसियामा लागु गरिएको पाइछ । जापानको कम्पनीहरुलाई प्रक्रियागत हिसाबले चिनबाट कामदार लिदा जति सहज छ त्यति नै असहज अरु मुलुकको नियमले गरि दिएको छ । अर्को कुरा नेपालका बैदेसिक रोजगार ब्यबसायीहरुले लगानी गर्न नसक्नु एबम लगानी गर्न हिचकिच्याउनु नै जापानमा सफल हुन नसकेको हो । नेपालका बैदेशिक रोजगारी ब्यबसायीहरुलाई जापानमा बजारिकरण गर्न सहज गर्नको लागि जापान ह्युमन सपोर्त कर्पोरेशनले नेपालका बैदेशिक रोजगार ब्यबसायीहरुलाई ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै छ । उक्त कार्यक्रममा सहभागी हुन चाहनेहरुले संपर्क राख्नु होस ।


 anoj@live.jp मा ईमेल वा मोबाईल 070-1575-5500 मा संपर्क गर्नुहोस् । अनोज शाक्य

2011年1月23日日曜日

श्री देवी प्रसाद रेग्मीलाई सहयोग गरौ ।


लोकतन्त्र आए पछि अबसरवादी नेताहरुले जनताको नाममा धेरै फाइदा उठाए । देशको एउटा ठाउमा गयो एउटा आस्वासन अनी अर्को ठाउँमा गयो अर्को आस्वासन बाडदै जनताको ताली खाएर त्यहि जनताको पैसा पसिना सोस्ने नेता एउटा नेताले एउटा साहसिला किसानको झापड भेटेका छन । एउटा गरीब किसानले २ करोड भन्दा बढी जनताको मर्म बुझेर आफु भाबुक तथा जनताको आक्रोसको प्रतिनिधि गरेका छन् । श्री देवी प्रसाद रेग्मी ज्युले । उहाँको सहयोगको लागि वेबसाइट मार्फत सहयोग बतुल्ने अभियान थालेका छन् । जापानमा बस्ने नेपाली साथीहरुले पनि श्रीदेवी प्रसाद ज्युको सहयोगगर्न चाहेको खण्डमा जापानको एसिया फ्रेण्डशिप भन्ने सामाजिक संस्था मार्फत सहयोग गर्न सक्ने छन् । उक्त सहयोग गर्ने महानुभावहरुलाई एसिया फ्रेण्डशिप सामाजिक संस्थाका संस्थापकको हस्ताक्षर सहितको प्रशंसा पत्र प्रदान गरिने छ । देवी प्रसाद रेग्मी ज्युलाई सहयोग गर्न चाहनेहरुले जापानको कुनै पनि हुलाकमा गएर खाता नम्बर 10090-33865991 Asia Friendship मा जम्मा गर्न सक्नु हुन्छ । ५ हजार येन सो भन्दा बढी आर्थिक सहयोग गर्ने महानुभावहरुलाई मात्र प्रशंसा पत्रको ब्यबस्था गरिने छ । जापान भरी छरिएका स्वतन्त्र प्रेमी नेपाली दाज्यु भाई दिदि बहिनीहरुबाट सहयोगगर्नु हुने छ भने आसा गरेको छु । हाम्रो संपर्क नम्बर 050-5534-2303 आर्थिक सहयोग खातामा पुगेको १घण्टा भित्र सहयोग दाताको नाम र रकम यो ब्लगमा अपडेट गरिने छ । एकदम पारदर्शी रुपमा अनलाइनमा लेखा हेर्न सक्नु हुनेछ ।

हामीले यो आर्थिक संकलन अभियान देवीप्रसाद रेग्मी जीको छोरा महेश रेग्मीजीको सहमती र समर्थनमा थालेका हौ । म अनोज शाक्य संग जम्मा भएको रकम निम्न बमोजिमको महानुभाव बाट सकलन भएको छ ।

1, Bidod Budhathoki , Koteshwor Mahadevsthan 550/-
2. Bhim Upadhyaaya , Lalitpur Ekantakuna 1000/-
3.Ram sharan Upreti , Dhading Naubise 500/-
4,Purna Maharjan, Lalitpur Khokana 300/-
5.Laxman Shrestha,Lalitpur Bungmati 100/-
6.Aabha Singh , Sukedhara KTM 100/-
7.Bimala Giri , Sindhupalchok,Duwachaur 200/-
8.Joni Maharjan Lalipur, Pulchok 200/-
9.Arjun Bhandari Austrelia 2000/-
Total 4950/-

सधन्यवाद सहित प्राप्त भयो।

www.deviprasadregmi.info बाट सार्वजनिक गरे अनुसार सहयोग संकलन कार्य समाप्त हुनेछ । कुनै महानु भावहरुलाइ स्वइछ्याले सहयोगगर्न चाहानु भए देवीप्रसाद रेग्मी ज्यूलाइ नै सम्पर्क गर्नु होला ।




अभिन्युज टेलीभिजन




2011年1月2日日曜日

तरकारी महँगो भयो ।


आजकल जुन पत्र पत्रीका हेरे पनि बजारमा तरकारीको भाउ महँगो भएको मात्र समाचार बनी रहेको छ । तर किन तरकारीको भाउ बद्यो त भन्ने बिष मा बिस्लेशन कसैले पनि गरेको छैन जस्तो लाग्छ । प्रजातन्त्रको आगमन को साथसाथै नेपालमा जग्गाको कारोबारले गर्दा जमिनबाट खाध्य बस्तु हरु उत्पादन गर्नु भन्दा जग्गा बिक्री गरेर आएको पैसा बैकमा जम्मा गरि ब्याजले जिबनयापन गर्ने गुलियो मानसिकताको बिकास किसानहरुमा भई दिदा मेहनती किसानहरु पनि अल्छी हुँदै गएको महसुस भएको छ । अहिले जो ब्यक्ति किसान काम गर्छन् उस्को आफ्नो जग्गा छैन । धनीहरुले सबै जग्गामा हाता हालेर आफुहरु बिदेश पलायनभई दिए पछि खेतीयोग्य भुमीहरु सबै बाझो परेको अवस्था छ भने अर्को कुरा किसानहरु स्वयम् लगानी तथा जग्गाको अभावले गर्दा आफुहरुको परिश्रम गर्ने अबसर भएन । यस्तो फाईदा छिमेकी मुलुकहरुले लिएका छन् । बर्सेनी हजारौं टन लसुन चाइनाबाट आयात हुन्छ भने अन्य तरकारी फलफुल लगायत दैनिक उपभोग्य समानहरु भारतबाट आयात गरिएको छ । छिमेकी मुलुकहरुमा सामुदायिक कृषि उत्पादनको लागि नेपाल एउटा छिमेकी राष्ट्रहरु लाई राम्रो बजार भएको छ भने नेपालमा बैदेसिक रोजगारलाई मात्र रोजगार मान्ने सोच बिकास हुँदै गएको छ । यो समस्या आगामी दिनहरुमा झनझन जटिल रुप लिदै जाने कुरा दुई मत नहुने भएकोले तत्काल सरकारले नेपालका किसानहरुको मर्म बुझी उनीहरुलाई लगानी तथा समुदायिक उत्पादनगर्ने कार्यक्रम ल्याइ नेपालका किसानहरुलाई कृषि खाध्य बस्तु उत्पादन गर्न प्रोत्साहन दिन जरुरी छ ।