2009年12月11日金曜日

जताततै जापान !

नेपाल सरकारले जापानमा औद्योगिक प्रशिक्षार्थी पठाउन निजीक्षेत्रका म्यानपावर ब्यबसायीहरुलाई इजाजत दिए पछी अब ब्यबसायीहरु जापानमा बजार खोज्न जाने भएका छन । लाखौं नेपाली युवा युबतीहरुले जापानजाने सपना बुनीसकेका छन । बजार त खोज्न जाने भयो तर कुनै पनि ब्यबसायीहरुसँग केही पनि योजना छैन । मात्र जापानमा नेपालीहरु कसरी पठाउने ? यो प्रणालीको ज्ञान नभएको कारण धेरै ब्यबसायी लगायत नेपाली युवा युबतीहरुको समय र पैसाको बर्वाद हुने निस्चित छ । एकदम जिम्मेवारी पूर्ण यो प्रणालीले भबिस्यमा नेपाल र जापानको सम्बन्धमा चिसोपन त ल्याउने होइन । नेपाल सरकार र सरोकारवालाहरुले म्यानपावर समय समयमा अनुगमन गरिएन भने धेरै नेपाली युवायुबतीहरु फसिने सम्भाबना छ । नेपाल सरकारले जापान दुताबास लगायत जाइका AOT को सल्लाह लिएर म्यानपावर ब्यबसायीहरुलाई निगरानीको साथ कार्यन्वयन गराउनु पर्ने छ ।

जापानजान चाहने युवायुबतीहरुले १० ,१० जनाको समुह भएर भबिस्यको आफ्नो योजना पत्र बनाएमा बजार ब्यबस्थापकलाई सजिलो हुनेछ । केही ठगीगर्ने योजनाका ब्यबसयीहरुले सँगै एउटै योजना भएका उमेद्द्वारलाई नचिनाउने सम्भाबना हुने भएकोले यो प्रणालीलाई सहजलान कठिन हुने छ कि ?

0 件のコメント: