2009年10月28日水曜日

हामी नेपाली कती सोझा ?

एक्काइशौ सताब्दीमा ईन्टरनेटको बिकास सँगै नेपालीहरुको संगत संसारका बिभिन्न देसका नागरिकहरुसँग भएको देखिएको छ । यो बिकासले संसार लाई नै एउटा सिङो राष्ट्र जस्तै बनाइ दिएको छ भने यो ईन्टरनेटको दुनियाँमा बिकास र बिक्रिती पनि उत्तिकै छ । नेपालको ईन्टरनेटको बिकास संसारको तुलनामा केही कमी नभए पनि आर्थिक स्तर एकदम कमजोर छ । यस्तो गरीब देसका जनताहरु लाई ठग्न संसारका बिभिन्न देसका नागरिकहरु नेपालीहरुलाई ठग्न बिभिन्न बहना बनाएर मित्रता बनाउन खोजी रहेछन भने सोझा सिधा नेपालीहरु बिदेसीबाट एउटा मेल आयोभने हुरुक्कै भएर मरिहत्ते गरी हाल्छन । तुरुन्त मेरो साथी भनेर विश्वाश गरी हाल्छन । एउटा बिदेसी बुदाले काठमाडौं कि २० बर्ष कि एउटी केटीको ईमेल हात पारेछन । त्यो बुढाले आफ्नो परिचय ईमेलबाट दियो र नेपाली युबती पनि हुरुक्क भएर जवाफमा आफ्नो भबिस्यको सपनाहरुका कुरा गर्न थालछ । ईमेलबाट नै आफ्नो आफ्नो फोटो पनि साटासाट गरेछन । १ महिना बित्यो २ महिना बित्यो उनीहरुको सम्बन्ध गहिरिदै गएछ । त्यो बुदोले नेपाली युबतीलाई सोध्यो म १ बर्ष पछी नेपाल आउँदै छु तिमीलाई के उपहार ल्याइदिउ ? नेपाली युबतीले जवाफमा लेखेछ "मलाई केही पनि चहिन्दैन तपाईं नेपाल आएपुग्छ ।" बिदेसी बुदोले लेखेछ म त ७२ बर्ष तिमीले मलाई मन पराइदिएन भने म नेपाल सम्म गएको केही अर्थ हुँदैन । नेपाली युबतीले लेखेछ "उमेर धेरै भएको मान्छे परीपक्व हुन्छन त्यसमा तपाईंले कुनै चिन्तालिनु पर्दैन ।" म तपाईं लाई माया गर्छु । त्यो बुदो नेपालको बारेमा धेरै जानकारी ईन्टरनेटबाटनै लिइसकेको रहेछ । नेपाली युबती काठमाडौंको रहेछ । त्यो बुदाले ईमेलमा लेखेको रहेछ । मलाई नेपालको पोखरा एकदम मन पर्‍यो , काठमाडौंमा बस्न रहर छैन , नेपालको अन्तरराष्ट्रिय बिमानस्थल बाटै डाइरेक्त पोखरा जाने बिचार नेपाली युबतीलाई राखे छ । नेपाली युबतीलाई बिकसित मुलुकका नागरिकलाई प्रभाव र खुशी पार्न सके आफ्नो भबिस्य राम्रो हुने आसाहरु पलाउन थालएछ । नेपाली युबतीले पनि आफुलाई पनि पोखरा एकदम मन परेको तर हाल सम्म पोखरा नगएको कुरा बताइन । यसरी कुरा गर्दगर्दै त्यो बुदा नेपाल आउने मितीतय भएछ । काठमाडौंको केटीलाई सबै आफुलाई चाहिने कपडा बोकेर एअरपोर्तमा बोलाएछ र बुदो पनि आईपुगेछ । महिनौको कुराकानीले नै उनिहरुको भावना साटासाट भईसकेकोले एअरपोर्टमा भेट्ना साथी किस गर्न कुनै सन्कोच भएन उनिहरुलाई । केही पाइला सरेपछी नेपाली केटीले बुदोलाई भनेछ । म कसैले तपाईंको बारेमा सोध्यो भने मेरो गडफादर भन्छु ल ? बिदेसीले भनेछ । ओके ओके ।
यसरी उनीहरु दिउसो ३ बजेको आन्तरिक उडानबाट पोखरा पुगेछ । कुनै होतल १ हप्ताको लागि लिएछ । त्यसपछी उनीहरु आफ्नै दुनियाँमा रम्न थालेछन । बुदो नेपाल बसाइ सकेर आफ्नो देस फर्केछ । यता नेपाली युबतीको महिनावारी रोकेछ । घरमा पनि भन्न नसकिने अन्तत एक्लै मेरी स्तोभमा परामर्स लिन पुगेछ । बिदेसीबाट ईमेल पनि आउन छोड्यो । कुनै अत्तोपत्तो नै नभए पछी त्यी युबतीले भ्रुण हत्या गरेछ । त्यती मात्र होइन रगतमा एच.आइ.भि. पोजेतिभ समेट पाएको रहेछ ।
यो खबर मेरी स्तोभमा आबद्व ब्यक्तीको कुराकानीको आधारमा तयार पारीएको हो ।

0 件のコメント: