2009年9月17日木曜日

जापानमा तालिमलिन जान चाहनेहरुलाई हाम्रो सेवा ।


श्रम तथा यातायात ब्यबस्था मन्त्रालयबाट निजी क्षेत्रलाई जापान पठाउन इजाजत दिएपछी नेपालका बेरोजगार युवायुवतीहरु बिचको कुराकानी जापानमय बनिएको छ । के जापानमा जाने प्रकृया सरल छ त ? २००९ सेप्टेम्बर २ तरिखको जापानको राष्ट्रिय दैनिकमा यस एसिया फ्रेन्डशिप प्रा लिको बिज्ञापन गरेर हेरे । जम्मा ४ लाख ५० हजार बिक्री हुने पत्रीकामा बिज्ञापन गर्दा जम्मा १०२ वटामात्र कम्पनीहरुबाट इमेल आयो र प्राय सबै कम्पनीहरुले कम्पनी प्रोफाइल जापानिजमा मागिएको छ भन्ने , कतीले नेपालीहरुसँग बिहेगर्ने ईच्छा राखेका छन । केहीले नेपाल भ्रमण गर्दैछु सहयोगगर्न सक्नु हुन्छ भन्ने खबरहरु आएको छ । कती कम्पनीहरुले नेपालमा उत्पादन हुन सक्ने बस्तुहरुको जानकारी मागेका छन भने ,कतीले राजनीति र सामाजिक प्रश्नहरु पठाएका छन । आउदो डिसेम्बेरको पहिलो हप्ता काठमाडौंमा जिट्कोद्वारा जापानमा औद्योगिक प्रशिक्षार्थी प्रणाली सम्बन्धी सेमिनारको आयोजना गर्दैछ । उक्त सेमिनारमा सबैलाई सहभागीको लागि आब्हान गरिने छ । उक्त कार्यक्रममा भागलिन चाहनेहरुले info@ourasia.jp मा संपर्कगर्न सक्नु हुनेछ । म्यानपावर लगायत जापानमा तालिमलिन जान चाहने हरुले ईमेलबाट संपर्क गर्नुहोस् ।

0 件のコメント: