2009年9月5日土曜日

औद्योगिक प्रशिक्षार्थी जापानलानकोलागि सेमिनार सम्पन्न ।


नेपाल सरकार र जापान सरकार बिच सम्पन्न नेपाली युवा युवतीहरुलाई जापानमा औद्योगिक तालिम दिलाई नेपाल फर्काइ नेपालको औद्योगिक बिकास टेवा पुर्याउनकोलागि आगामी दिनहरुमा जापानको बाटो खुल्ला गरिएको छ । २००९ सेप्टेम्बर ३ तारिखका दिन जापान अबस्थित नेपाली राजदुतको आवासमा आयोजित कार्यक्रममा जापानकोलागि नेपाली राजदुत गणेश योन्जन तामाङ लगायत जिट्कोका प्रतिनिधी तथा नेपाल बैदेसिक रोजगार ब्यबसायी संघका अध्यक्ष टिलक रानाभाट ,नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुस कुमार जोशी लगायत हिमाल म्यानपावर इम्पोलाईमेन्ट प्रा लिका जापानस्थित अधिकारी फुजिने सिगेओको पनि उपस्थिती थियो । उक्त कार्यक्रममा केही बर्ष अगाडि कोरियाले नेपाली कामदारहरुलाई भाषा प्रशिक्षण गराइ हजारौ नेपालीहरुलाई लाखौं आर्थिक बोझ पारेको कुरा स्मरण गर्दै जापानमा तालिममा जान इछुकहरु लाई जापानी भाषा छनौत प्रकृया पछी मात्र पढेपनि पुग्ने कुराको जानकारी दिनु भयो । सोही अबसरमा बर्तमान अवस्थामा नेपालका बिभिन्न ठाउँहरुमा जापानीभाषा सिकाउने बहनामा मोटो रकम असुल्ने गिरोहहरुलाईपनि निगरानी गरेको कुरापनि जानकारी गराउनु भन्नु भयो । जापानी भाषा कम्पनीले लिनेभए पछीमात्र सिके पनि पुग्ने कुरा फेरी दोह्र्याउनु भयो । जापानको हालसाल सम्पन्न भएको चुनावले यस प्रणालीलाई केही असरपर्न सक्ने सम्भाबना रहेको कुरा पनि जानकारी दिनु भयो । हालको विश्वब्यापी मन्दीको कारण जापानी बेरोजगारीहरुको समस्याको पहिलो प्राथमिकता दिने त्यसपछीमात्र बिदेशी कामदारहरुलाई पनि अबसर दिने कुराको जानकारी दिनु भयो । चाइनाबाट हरेक बर्ष ६० हजार जनाको हाराहारीमा औद्योगिक प्रशिक्षार्थीहरु जापान आउने गरेको छ । TKK युनियनद्वारा नेपाल उद्योग बाणिज्य महासंघ मार्फत पु:न केही नेपाली औद्योगिक प्रशिक्षार्थीहरु लिने भएको छ । अब नेपाल उद्योग बाणिज्य महासंघबाट जापानजानेहरुले पनि टेक्स्टाइल कै काम तालिम लिनेछन भने अर्को एउटा युनियनका प्रमुख अक्टोबरमा नेपालबाट औद्योगिक प्रशिक्षार्थी लिन नेपाल आउने भएको छ ।

जापानमा औद्योगिक प्रशिक्षार्थीमा जान इछुकहरुको लागि परामर्शको लागि संपर्क राख्नु होस् ।

ourasia@yahoo.com

01-5009207

0 件のコメント: