2010年3月31日水曜日

जरिवाना हो कि चन्दा ।

आजकल काठमाडौंको बाटोमा जताततै सवारी चालक अनुमती पत्र को जाच गरी रहेको हुन्छ । पहिला सवारी चालक अनुमती पत्र माग्छ ट्राफिकले जब सवारी चालक अनुमती पत्र ट्राफिकको हात मा पर्छ त्यस्को लगतै उहाहरुले ब्लु बुक माग्छ । ब्लु बुक कसैले फोटोकोपी गरेर साथमा राखेको हुन्छ कसैले सक्कली ब्लु बुक नै साथमा बोकेको हुन्छ । फोटोकपि गरेको देखायो भने उस्ले सक्कली ब्लु बुक माग्छ । सक्कली ब्लु देखायो भने उहाहरुले चाहिने नचाहिने कुरा गरेर सवारी चालक अनुमती पत्र आफुले राखेर चिट काट्न हतार गर्छ । उहाहरुलाई मतलब छैन चालकलाई अफिस जान ढिलो हुन्छ । सवारी चालक अनुमती पत्र लिन जान दोहरो समयको नाश हुन्छ भन्ने कुरा उहाहरु सम्झनु हुन्छ सबै मान्छेको काम ट्राफिक कै जस्तै बाटोमा घाम टापेर तलब पाक्ने । आजकल यस्तै चेकिङमा एउटै ब्यक्ती महिनामा ३ ,४ पटक सम्म पर्ने हुन्छ । उहाहरुको जरिवाना १०० रुपैयाँ देखी ३०० रुपैयाँ सम्म लिन्ने गर्दो रहेछ । यसरी महिनामा ४ पटक पर्‍यो भन्ने ४०० रुपैयाँ देखी १२०० रुपैयाँ एकजना नेपाली नागरिकको फजुल खर्च भयो कि भएन अनी जागिरदारहरुले यसरी ट्राफिकलाई जरिवाना तिर्दा तिर्दा आफ्नो तलबको २५ % फजुल खर्च गरे पछी जागिरदारहरुले आफु काम गर्ने ठाउँमा कमिसन ,घुस खानु पर्‍यो कि परेन ? के सरकार कुनै निकायलाई अख्तीयारी दिने बेला सोच्नु पर्ने होइन । ब्लु बुक के ट्राफिकलाई जाच गर्ने अधिकार छ त ? यदी भए पनि ब्लु बुक छ छैन बाटोमा माग्ने हो त ? मैले एकजना ट्राफिकलाई यि कुरा गुनासो राख्दा उहा भन्नु हुन्छ । यो नेपाल हो । किन आखिरी राज्यबाट यसरी सर्वसाधारणलाई दु:ख दिने काम गर्छ । सवारी साधनबाट राजस्व उठाउने हो भने सम्बन्धित सवारी साधनको धनीलाई पत्राचार गरेर बिभागमा बोलाएर नबिकरण वा जाचपासको विवरण माग्नुस् न । बाटो बाटो शिवरात्रीमा बच्चाहरुले बाटो छेकेर पैसा मागे जस्तो किन सर्वसाधारण लाई दु:ख दिनु पर्‍यो । काठमाडौंको बाटो एउटै चोकमा ५ ,६ जना ट्राफिक बसेकोले जाम हुने गर्छ । उनीहरु प्रतिस्पर्धा गरेर अनुमती पत्र सर्वसाधारणबाट सँकलनगरि जरिवानाको नाममा चन्दा सँकलन गरिरहेको भान हुन्छ । सरकारको यस्तो अन्याय जनता सधैं सहेर बस्ने । अब सबैले यस्तो जनता ठग्ने सैलीको सरकारको नितीलाई बिरोध गर्नै पर्छ ।

2010年3月23日火曜日

राज्यबाट नै बिहे रोक्का ।

२०१० मार्च २० गते को कोरियाको एक समाचारको अनुसार कोरियन पुरुष नागरिक र कम्बोजियाको महिला बिच हुने अन्तरराष्ट्रिय विवाह कम्बोजिया सरकारले केही समयको लागि रोक लगाएको छ । समाचारका अनुसार प्रत्येक बर्ष यसरी हुने विवाहमा बिहेको लागि मुख हेर्ने बहनामा कम्बोजियाका युवतीहरुलाई सामुहिक जम्मा गरी कोरियन नागरिकहरुलाई यौन इछ्या पुरा गराउदै मोटो रकम असुलेको खबर प्राप्त भएको छ । घटनाको अनुसार एकजना कोरियन नागरिकलाई बिहेको लागि मुख देखाउन भनी २५ जना कम्बोजियन युबती भेला गराइ कोरियन नागरिकसँग बिहे गर्न लालित त्यी युबतीहरुबाट र कोरियन पुरुषसँग पनि मोटो रकम लिएको खुलासा भए पछी कोलम्बियाको दलाली कम्पनीलाई कितान गरी जाहेरी परेको थियो । यसरी गरिने विवाहमा ६० प्रतिसत युबतीहरु आर्थिक ठगी तथा यौन शोषणको शिकार हुँदै आएको छ भने कोलम्बिया अबस्थित कोरिया राजदुताबासले यसरी विवाहगर्नेहरुलाई कानुनी प्रकृया सम्बन्धी परामर्श पनि बन्द गरिएको छ । कोलम्बियामा रहेको अन्तरराष्ट्रिय विवाह परामर्श कार्यालयमा कोलम्बिया सरकारको सरोकार निकायले छापा मारे पछी यो घटना को खुलासा भएको हो । यौनको लागि कोरियनहरु विवाहको लागि बिभिन्न देसका दलाल कार्यालयमा संपर्क गरी यस्तो अपराधमा संगलन हुँदै आएको छ । थाइ , भेटनाम ,कम्बोजिया ,फिलिपिन ,नेपाल लगायतका देसमा यस्ता घटनाहरु ब्यापक भईरहेको अनुमान गरिएको छ ।
इ पि एस प्रणाली लागु भए पछि नेपालमा पनी कोरियन नागरिकसंग बिहेगर्न लालियत नेपाली युबतीहरु पनी ठगीमा पर्ने, बिहे गरेर कोरियामा पुगे पछि अलपत्र पर्ने घटनाहरु पाएको छ

2010年3月10日水曜日

हल्लाको खेती


आजकल जापान पठाउने बारे बिभिन्न पत्रपत्रीकाहरुमा दैनिक जस्तो समाचार आउने गरेको छ । धरी जापानजान ५० हजार रुपैयाँमात्र लाग्ने त कहिले जापानिभाषा सिक्न सात हजार मात्र लिन पाउने कुरा । कहिले फलानो कम्पनीले डिमाण्ड ल्यायो भन्ने समाचार हुन्छ । के नेपालका पत्रपत्रीकाहरु यस्तै समाचारहरु अन्धाधुन्ध छाप्ने मात्र काम हो । म जापानमा नेपालीहरुको बजार खोजेर भर्खरै मात्र नेपाल फर्केको छु । जुन कम्पनीमा गए पनि योजना पत्र ल्याउनुस् हामी बिचार गर्छु मात्र भन्नु भयो । नेपाल सरकारले यस् प्रणालीलाई कामभन्दा हल्ला बढी गरियो भन्ने धेरै नेपालीहरु ठगिने छन शुल्क जापानि भाषा जापानमा नेपाली कामदारलिने निस्चित भएपछी जहाँ सिके पनि हुन्छ जापानको कम्पनीले तिर्ने हुँदा कम्पनीले निर्धारण गरे बमोजिमको भाषा सिकाएर कम्पनीसँगै शुल्क माग्ने हो ५ जना नेपाली लिनको लागि हजारौ खर्च गरेर किन बिज्ञापन गर्नु पर्‍यो । हामीले राम्रो योजना पत्र तयार गरेर बजार खोजे जापानमा जती पनि अबसर छ । एक त जिट्कोले निगरानी गरेको छ । अर्को नेपालमा झिनामसिना कुरा पनि पत्रपत्रीकामा ठुल्ठुला समाचार बनाइदिने गर्दा सोझासिधा नेपालीहरु ठगिने समस्या सिर्जना हुने सम्भाबना छ । जे कुरामा पनि दबाब जापान सरकारले नेपालीहरुलाई जापानि भाषा सिक्न र कहाँ सिक्ने भन्ने कुरा केही किटान त गरेको छैन नि । जाल्टानले भाषा सिकाउदैमा कामदार योग्य हुने हो । म जापानि भाषा सिकेर १९ बर्ष भइसक्यो मैले जापानमा काम गरेको अनुभव पनि छ । जापानको व्याबहारिक शिक्षा र मिठो बोल्न सिकाउने प्रशिक्षक, के जाल्तानमा मात्र सिमित छन त । जे काममा पनि तगारो लगाएर एकछिनको काम बर्षौको समय खेर फाल्ने नेपाली प्रबितीले नेपाली युवाहरुको समयको बर्बाद गराइदिएको जापानमा जस्ले पठाए पनि नेपाली जाने हो । जापानको कम्पनीको विश्वासिलो संस्थामा जापानि भाषा सिकाउने हो जापानि भाषा सिकाउने नाममा नेपालीहरु ठगिने कृयाकलाप जापान सरकारको सरोकार निकाय दु: मानीरहेको यो भन्दा पहिला इपिएसमा हजारौ नेपालीहरुको बर्षौको समय र करोडौ आर्थिक क्षेती भएको घटनालाई सरकारले स्मरण गर्नु पर्ने होइन र । नेपालका युवा शक्तीहरुलाई दुरुपयोग गराउने खालको भ्रम फैलाउनु भएन ।
नेपालको ठगी घटना बिस्पोट भएर त्यस्को धुवा जापानको सम्बन्धित निकायमा पुग्यो भने नेपाली युवायुवतीहरुको लागि खोलेको यो ढोका सधैंको लागि बन्द हुने सम्भावना म पुन एकपटक जापानमा तालिम मा जाने युवा युवतीहरुलाई अनुरोध गर्छु जापानजान म्यानपावर होइन आफ्नो गाउमा जिल्लामा फर्केर काममा लाग्नुस् । अबसरले तपाईंहरुलाई पर्खिरहेको हुन्छ । आफ्नो योजना बनाउनुस् विश्वासिलो म्यानपावरमा संपर्क गर्नुस् । यो तथ्य कुरालाई विश्वाश गर्नुस् ।

जापान सरकारको सोचाइ ।
१. आर्थिक सहयोग गर्दा नेताले खाइदिने नेपाली जनताले केही नपाउने भएकोले सिप दिनु नै नेपाललाई जनस्तरबाट बिकास गर्दै लान सकिने ।
२. नेपाली युवायुवतीहरुले जापान बाट राम्रो सस्कार र जापानि भाषाको माध्यमबाट जापानको बिकास कसरी भयो भनी जापानको अगुवाहरुबाट ज्ञानगुणका कुराहरु सिक्न सकिने । नेपाली युवाहरुलाई सिप सिकाएर अर्को पुस्तालाई सिप दिलाउदै जाने । यसरी संसारका सबै राष्ट्रहरु आत्मनिर्भर भए पछी मानब जीवनमा कसैले कसैको दु:ख हेर्न नपर्ने गरी नेपालको सामाजिक बातावारण तयार पर्ने ।
३ .नेपाल र जापान को सम्बन्ध अझ प्रगाद बनाउने रहेको छ ।


नेपाल पत्रकार संघलाई अनुरोध तपाईंहरु यसरी सानो सानो स्वार्थको लागि निराधार झुठा भ्रम फैलाउने समाचार नलेखन अनुरोध गर्दछु सर्बसाधारणहरुलाई जानकारी मुलक ,ज्ञानबर्दक सन्देस मुलक समाचार लेखनुस् आफ्नो स्वार्थकोलागि समाचारलाई बिज्ञापन जस्तो नबनाउनुस्

2010年3月3日水曜日

जापान जानको लागि !

नेपाल सरकारले जापानको लागि बाटो खुलाइए पछी नेपाली म्यानपावर ब्यबसायीहरु स्तब्ध भएका छन । कुनै म्यानपावरहरु जापानमा बजार खोज्न हिंडेका छन भने कुनै म्यानपावर जापानजाने नेपाली युवा युवतीहरु जम्मा गर्न थालेका छन । तसर्थ जापानमा नेपालीहरुलाई अबसरका लागि कसरी कार्यक्रम अगाडि बढाउने बिषयमा कुनै योजना कसैसँग पनि छैन । बिना कुनै योजना जापानले कुनै पनि बिदेसीहरुलाई लिदैन । बिभिन्न पत्रपत्रीकाहरुमा चहिने नचाहिने खबरहरुको कारण नेपालीहरु काम भन्दा बढी हल्ला गर्ने प्रबित्तीले गर्दा यो अबसर सहज रुपले अघी बढाउन कठिनाई नै पर्ने सम्भावना छ । जापान सरकारले आगामी जुलाई देखी प्रणालीको नियम परिवर्तन गर्दै छ । त्यस्ले गर्दा जापानमा बिदेशी कामदारहरुलाई अबसर थप्ने छ भने ब्यबसायीहरुले केही अनियमिता गरेको खण्डमा सुरुमा ५ बर्ष सम्म कामदार पठाउन रोक्का गर्ने नियम छ । एउटै कसुर दोहोरिएको खण्डमा सधैंको लागी निलम्बन गर्ने प्रबधान छ । यो प्रणालीबाट राष्ट्रहित हुने गरी फाईदा लिनको लागि गाउ , जिल्ला ,अञ्चल ,सिङगो राष्ट्र नै हातमा हात मिलाएर योजना बनाइ अगाडि बढ्न जरुरी छ । नेपाल सरकारले जापानबाट मागपत्र ल्याए पछी पूर्व स्विकृती लिएर राष्ट्रिय दैनिकमा बिज्ञापन दिनु पर्ने नियम राखेको छ उक्त नियमले सर्वसाधारणहरु अझ ठगिने सम्भावना हुन्छ । जापानजान चाहने कुनै पनि उम्मेद्वार जापान सरकारले तोकिए बमोजिमको काम मा लागेको हुनु पर्ने छ । म्यानपावरको ढोका ढोकामा जानु भन्दा आफ्नो काममा लागेर बसेमा जापानमा अबसर पाउने छन । जापान सरकारको सरोकार निकायको होमपेजमा नेपालको बारेमा जापानका कम्पनी सरोकारवालाहरुलाई सार्वजनिक जानकारी गराएको अवस्थामा नेपाली युवायुबतीहरुलाई अबसर दिन चाहने जापानि कम्पनीका सम्बन्धित कर्मचारी पाहुना बनेर उम्मेद्वारको घर वा औद्योगिक प्रतिष्ठानहरु सम्म पुग्न सक्छन । हातमा सिप भएकाहरुलाई जापानिहरुले असाध्यै मनपराउने भएकोले जापान जान चाहने उम्मेद्वारहरुले आफ्नो आफ्नो जिल्ला गाउमा भएका पेसा सिपहरुको बारेमा धेरै भन्दा धेरै प्रचार प्रसारगर्न सकेमा धेरै अबसर पाउने छन ।
http://www.jitco.or.jp/send/teikikyogi_list.php?id=69