2009年10月22日木曜日

श्रममन्त्री जापानमा......!

टोक्योउ अबस्थित नेपाली राजदुतावासले नेपालबाट श्रममन्त्रीलाई निमन्त्रणा गरी जापानको जिट्को लगायत जापानका कम्पनीका सम्बन्धित कर्मचारीहरुलाई यही २६ तरिख साँझ ५:३० बजे खानपिन कार्यक्रमको आयोजना गर्दै छ । जिट्कोको आधीकारीक होमपेजका अनुसार उक्त खानपिन कार्यक्रममा सहभागी हुन जिट्कोमा पूर्वजानकारी गराइ आफ्नो नाम लेखाउनु पर्ने छ । नेपाल सरकारले निजीक्षेत्रलाई जापानमा औद्योगिक प्रशिक्षार्थी पठाउन इजाजत दिए पश्चात नेपाल उद्योग बाणिज्य महासंघ यस कार्यलाई कार्न्वन्यनगर्न गम्भिर भएर लागेको देखिन्छ भने निजीक्षेत्रका म्यानपावरहरुभने जापानमा बजार खोज्नु भन्दा नेपाली सर्वसाधारणसँग मनपरी ठग्ने कामतिर लागेको देखिन्छ । अहिले सम्म कुनैपनि नेपाली निजीक्षेत्रका कम्पनीहरु गम्भिर भएर कार्यन्वन्यनतिर लागेको देखिन्दैन । हाल सम्म ७ वटा निजीक्षेत्रले जापानमा संपर्क कार्यालय खोलिएपनी कार्यशैली उपलब्धी मुलक हुने देखिनदैन ।
केही निजीक्षेत्रका ब्यबसायीहरुलाई हालका दिनहरुमा जापान पठाइदिने भन्दै पैसा असुल्ने कार्य बारे प्रतिकृया लिन खोज्दा एक ब्यबसायीले आफ्नो नाम उल्लेख नगरने सर्तमा, अशिक्षित तथा गलत नियतका ब्यबसायीहरुबाट त्यस्ता गलत कार्य भइरहेको कुरा स्विकार्नु भयो ।
नेपाली राजदुतावसले यसरी खानपिन कार्यक्रम पहिलो पटक सप्तेम्बर ३ तारिख नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष कुस कुमार जोशीको निमन्त्रणामा गरिएको थियो भने यो दोस्रो पटकको खानपिन कार्यक्रम हो । आगामी फेब्रुअरीको पहिलो सातामा जिट्को र नेपाल सरकार श्रम मन्त्रालयद्वारा संयुक्त रुपले काठमाडौंमा सेमिनारको आयोजना पनि हुँदै छ । उक्त अबसरमा नेपाली सर्वसाधारणहरुले जिट्कोका अधिकारी र श्रम बिभागका सम्बन्धित कर्मचारीसँग यस प्रणालीसँग सम्बन्धित कुनै पनि प्रश्न र गुनासो राख्न सकिने छ ।

0 件のコメント: