2010年3月31日水曜日

जरिवाना हो कि चन्दा ।

आजकल काठमाडौंको बाटोमा जताततै सवारी चालक अनुमती पत्र को जाच गरी रहेको हुन्छ । पहिला सवारी चालक अनुमती पत्र माग्छ ट्राफिकले जब सवारी चालक अनुमती पत्र ट्राफिकको हात मा पर्छ त्यस्को लगतै उहाहरुले ब्लु बुक माग्छ । ब्लु बुक कसैले फोटोकोपी गरेर साथमा राखेको हुन्छ कसैले सक्कली ब्लु बुक नै साथमा बोकेको हुन्छ । फोटोकपि गरेको देखायो भने उस्ले सक्कली ब्लु बुक माग्छ । सक्कली ब्लु देखायो भने उहाहरुले चाहिने नचाहिने कुरा गरेर सवारी चालक अनुमती पत्र आफुले राखेर चिट काट्न हतार गर्छ । उहाहरुलाई मतलब छैन चालकलाई अफिस जान ढिलो हुन्छ । सवारी चालक अनुमती पत्र लिन जान दोहरो समयको नाश हुन्छ भन्ने कुरा उहाहरु सम्झनु हुन्छ सबै मान्छेको काम ट्राफिक कै जस्तै बाटोमा घाम टापेर तलब पाक्ने । आजकल यस्तै चेकिङमा एउटै ब्यक्ती महिनामा ३ ,४ पटक सम्म पर्ने हुन्छ । उहाहरुको जरिवाना १०० रुपैयाँ देखी ३०० रुपैयाँ सम्म लिन्ने गर्दो रहेछ । यसरी महिनामा ४ पटक पर्‍यो भन्ने ४०० रुपैयाँ देखी १२०० रुपैयाँ एकजना नेपाली नागरिकको फजुल खर्च भयो कि भएन अनी जागिरदारहरुले यसरी ट्राफिकलाई जरिवाना तिर्दा तिर्दा आफ्नो तलबको २५ % फजुल खर्च गरे पछी जागिरदारहरुले आफु काम गर्ने ठाउँमा कमिसन ,घुस खानु पर्‍यो कि परेन ? के सरकार कुनै निकायलाई अख्तीयारी दिने बेला सोच्नु पर्ने होइन । ब्लु बुक के ट्राफिकलाई जाच गर्ने अधिकार छ त ? यदी भए पनि ब्लु बुक छ छैन बाटोमा माग्ने हो त ? मैले एकजना ट्राफिकलाई यि कुरा गुनासो राख्दा उहा भन्नु हुन्छ । यो नेपाल हो । किन आखिरी राज्यबाट यसरी सर्वसाधारणलाई दु:ख दिने काम गर्छ । सवारी साधनबाट राजस्व उठाउने हो भने सम्बन्धित सवारी साधनको धनीलाई पत्राचार गरेर बिभागमा बोलाएर नबिकरण वा जाचपासको विवरण माग्नुस् न । बाटो बाटो शिवरात्रीमा बच्चाहरुले बाटो छेकेर पैसा मागे जस्तो किन सर्वसाधारण लाई दु:ख दिनु पर्‍यो । काठमाडौंको बाटो एउटै चोकमा ५ ,६ जना ट्राफिक बसेकोले जाम हुने गर्छ । उनीहरु प्रतिस्पर्धा गरेर अनुमती पत्र सर्वसाधारणबाट सँकलनगरि जरिवानाको नाममा चन्दा सँकलन गरिरहेको भान हुन्छ । सरकारको यस्तो अन्याय जनता सधैं सहेर बस्ने । अब सबैले यस्तो जनता ठग्ने सैलीको सरकारको नितीलाई बिरोध गर्नै पर्छ ।

0 件のコメント: