2009年10月28日水曜日

हामी नेपाली कती सोझा ?

एक्काइशौ सताब्दीमा ईन्टरनेटको बिकास सँगै नेपालीहरुको संगत संसारका बिभिन्न देसका नागरिकहरुसँग भएको देखिएको छ । यो बिकासले संसार लाई नै एउटा सिङो राष्ट्र जस्तै बनाइ दिएको छ भने यो ईन्टरनेटको दुनियाँमा बिकास र बिक्रिती पनि उत्तिकै छ । नेपालको ईन्टरनेटको बिकास संसारको तुलनामा केही कमी नभए पनि आर्थिक स्तर एकदम कमजोर छ । यस्तो गरीब देसका जनताहरु लाई ठग्न संसारका बिभिन्न देसका नागरिकहरु नेपालीहरुलाई ठग्न बिभिन्न बहना बनाएर मित्रता बनाउन खोजी रहेछन भने सोझा सिधा नेपालीहरु बिदेसीबाट एउटा मेल आयोभने हुरुक्कै भएर मरिहत्ते गरी हाल्छन । तुरुन्त मेरो साथी भनेर विश्वाश गरी हाल्छन । एउटा बिदेसी बुदाले काठमाडौं कि २० बर्ष कि एउटी केटीको ईमेल हात पारेछन । त्यो बुढाले आफ्नो परिचय ईमेलबाट दियो र नेपाली युबती पनि हुरुक्क भएर जवाफमा आफ्नो भबिस्यको सपनाहरुका कुरा गर्न थालछ । ईमेलबाट नै आफ्नो आफ्नो फोटो पनि साटासाट गरेछन । १ महिना बित्यो २ महिना बित्यो उनीहरुको सम्बन्ध गहिरिदै गएछ । त्यो बुदोले नेपाली युबतीलाई सोध्यो म १ बर्ष पछी नेपाल आउँदै छु तिमीलाई के उपहार ल्याइदिउ ? नेपाली युबतीले जवाफमा लेखेछ "मलाई केही पनि चहिन्दैन तपाईं नेपाल आएपुग्छ ।" बिदेसी बुदोले लेखेछ म त ७२ बर्ष तिमीले मलाई मन पराइदिएन भने म नेपाल सम्म गएको केही अर्थ हुँदैन । नेपाली युबतीले लेखेछ "उमेर धेरै भएको मान्छे परीपक्व हुन्छन त्यसमा तपाईंले कुनै चिन्तालिनु पर्दैन ।" म तपाईं लाई माया गर्छु । त्यो बुदो नेपालको बारेमा धेरै जानकारी ईन्टरनेटबाटनै लिइसकेको रहेछ । नेपाली युबती काठमाडौंको रहेछ । त्यो बुदाले ईमेलमा लेखेको रहेछ । मलाई नेपालको पोखरा एकदम मन पर्‍यो , काठमाडौंमा बस्न रहर छैन , नेपालको अन्तरराष्ट्रिय बिमानस्थल बाटै डाइरेक्त पोखरा जाने बिचार नेपाली युबतीलाई राखे छ । नेपाली युबतीलाई बिकसित मुलुकका नागरिकलाई प्रभाव र खुशी पार्न सके आफ्नो भबिस्य राम्रो हुने आसाहरु पलाउन थालएछ । नेपाली युबतीले पनि आफुलाई पनि पोखरा एकदम मन परेको तर हाल सम्म पोखरा नगएको कुरा बताइन । यसरी कुरा गर्दगर्दै त्यो बुदा नेपाल आउने मितीतय भएछ । काठमाडौंको केटीलाई सबै आफुलाई चाहिने कपडा बोकेर एअरपोर्तमा बोलाएछ र बुदो पनि आईपुगेछ । महिनौको कुराकानीले नै उनिहरुको भावना साटासाट भईसकेकोले एअरपोर्टमा भेट्ना साथी किस गर्न कुनै सन्कोच भएन उनिहरुलाई । केही पाइला सरेपछी नेपाली केटीले बुदोलाई भनेछ । म कसैले तपाईंको बारेमा सोध्यो भने मेरो गडफादर भन्छु ल ? बिदेसीले भनेछ । ओके ओके ।
यसरी उनीहरु दिउसो ३ बजेको आन्तरिक उडानबाट पोखरा पुगेछ । कुनै होतल १ हप्ताको लागि लिएछ । त्यसपछी उनीहरु आफ्नै दुनियाँमा रम्न थालेछन । बुदो नेपाल बसाइ सकेर आफ्नो देस फर्केछ । यता नेपाली युबतीको महिनावारी रोकेछ । घरमा पनि भन्न नसकिने अन्तत एक्लै मेरी स्तोभमा परामर्स लिन पुगेछ । बिदेसीबाट ईमेल पनि आउन छोड्यो । कुनै अत्तोपत्तो नै नभए पछी त्यी युबतीले भ्रुण हत्या गरेछ । त्यती मात्र होइन रगतमा एच.आइ.भि. पोजेतिभ समेट पाएको रहेछ ।
यो खबर मेरी स्तोभमा आबद्व ब्यक्तीको कुराकानीको आधारमा तयार पारीएको हो ।

2009年10月25日日曜日

को जान्छ नेपाल ?पर्यटन बर्ष २०१०

२०१० मा Visit Nepal Year भनेर किटानी गरेको छ रे । ५ लाख देखी १० लाख पर्यटकहरु भित्र्याउने सरकारको योजना रहेछ । यो राम्रै कुरा भएपनी..., मलाई संसार त्यती गुलियो छ जस्तो लाग्दैन । जुन देसमा पर्यटकहरुलाई स्वागत गर्दैछ त्यही देसमा हप्ताको ९६ घण्टा लोडसेलिङ ? त्यस्तो देस त कही पनि छैन ।

अन्तरराष्ट्रिय पर्यटन राष्ट्रहरुमा पहिला भौतिक पुर्वाधार तयार भएपछी अनी पर्यटकहरु भित्राउने हो जती नै एभरेष्ट छ भनेपनि अहिलेको नेपालको बर्तमान अवस्थामा असम्भव कुरा हो ।

पर्यटन मन्त्री ज्युले पनि आफ्नो धरातल राम्ररी हेरेर ,जापान फ्रान्स स्विर्जल्यान्ड आदी पर्यटन बिकास देसहरुको भौतिक पुर्वाधारहरुको अबलोकन गरी , देसका पर्यटन ब्यबसायीहरुसँग परामर्श गर्न जरुरी छ । जे पनि हुन्छ भने "हुन्छ बहादुर"नेपाल पर्यटन बोर्डको लालटिनको बिचारमात्र सुनेर हुँदैन ।

म जाइकाको SV भएर २ बर्ष नेपाल पर्यटन बोर्डमा कर्मचारी भएर सँगै काम गरेको अनुभवले मैले यो बिचार राखेको छु ।

上記の記事はS.K先生がネパールから配信している日本語サイトの投稿を引用してネパール語で訳して記事です。S.K先生の記事はこの下に掲載してあります。
यो बिचार 2009 Feb 1 मा जापानी नागरिकले नेपालबाट सन्चालित जापानि अनलाइनलाई लेखिएको बिचारलाई मैले उपयुक्त सम्झी नेपालीमा अनुवाद गरेको छु ।
अनोज शाक्य

2010年はビジット ネパール イアーを設定するそうですね。50万人から100万人が目標だそうですね。それは、よいとしても・・・。私は、そんなに世界は甘くないと思います。どこに、観光客をウエルカムしようとする国に、1週間に96時間?の停電を強いる国がありましょうか?

 国際観光国とは、まず、インフラが確立していて、初めて旅行者が観光におとづれるものです。いくら、ヒマラヤがあると言っても、今のネパールの状況では、まず、ムリな話しですね。

 観光大臣も足元をよく見て、日本、フランス、スイス等の観光先進国のインフラをよく視察することですね。それと、ネパール国内の旅行業者の意見を十分に聞くことですね。なんでもイエスマンのNTBの提灯持ちの意見だけ聞いていては、ダメですよ。

 私は、JICAのSVとして、2年間NTBのスタッフと仕事を一緒にしてみて、その体験から、あえて意見を申し上げています。

2009年2月1日 (S.K生)

2009年10月24日土曜日

ネパールの農業研修生、篠山の2小学校訪問 


農業研修のため篠山市に滞在しているネパール人のビショ・ジット・ラマさん(21)が21日、同市内の2小学校を訪れ、母国の生活や文化を伝えた。得意の民族楽器「バンスリー」で「国民歌」も披露。児童からはスポーツや遊びなどに関する質問が飛び、ビショさんが上達した日本語で答えた。

 ビショさんは、神戸市の「PHD協会」研修生で4月に来日。ネパールの小学校建設を支援している「篠山ナマステ会」も協力し、県内各地でホームステイをしながら1年間、有機農業の実地研修を受けている。

 出身はガブレ郡ガハテ村で、首都カトマンズから北東にバスと徒歩で4時間。ビショさんは105世帯557人が暮らす村に農業先進地の技術を伝えるのが夢という。

 この日は、同市味間新の味間小と同市波賀野新田の古市小を訪問。味間小では6年生80人の質問に答え、村にはテレビが5台しかないことや、水道は5家族が共同で使っている現状のほか、天候や通貨、主食などを丁寧に紹介した。日本の生活については「魚が一番おいしい。最近は寒さに困っている」と話した。

 最後に国民歌「レッサムフィリリ」を笛で演奏。味間小6年の男児(11)は「笛は独特の音色だった。ネパールに行ってみたくなった」と話していた。

2009年10月22日木曜日

श्रममन्त्री जापानमा......!

टोक्योउ अबस्थित नेपाली राजदुतावासले नेपालबाट श्रममन्त्रीलाई निमन्त्रणा गरी जापानको जिट्को लगायत जापानका कम्पनीका सम्बन्धित कर्मचारीहरुलाई यही २६ तरिख साँझ ५:३० बजे खानपिन कार्यक्रमको आयोजना गर्दै छ । जिट्कोको आधीकारीक होमपेजका अनुसार उक्त खानपिन कार्यक्रममा सहभागी हुन जिट्कोमा पूर्वजानकारी गराइ आफ्नो नाम लेखाउनु पर्ने छ । नेपाल सरकारले निजीक्षेत्रलाई जापानमा औद्योगिक प्रशिक्षार्थी पठाउन इजाजत दिए पश्चात नेपाल उद्योग बाणिज्य महासंघ यस कार्यलाई कार्न्वन्यनगर्न गम्भिर भएर लागेको देखिन्छ भने निजीक्षेत्रका म्यानपावरहरुभने जापानमा बजार खोज्नु भन्दा नेपाली सर्वसाधारणसँग मनपरी ठग्ने कामतिर लागेको देखिन्छ । अहिले सम्म कुनैपनि नेपाली निजीक्षेत्रका कम्पनीहरु गम्भिर भएर कार्यन्वन्यनतिर लागेको देखिन्दैन । हाल सम्म ७ वटा निजीक्षेत्रले जापानमा संपर्क कार्यालय खोलिएपनी कार्यशैली उपलब्धी मुलक हुने देखिनदैन ।
केही निजीक्षेत्रका ब्यबसायीहरुलाई हालका दिनहरुमा जापान पठाइदिने भन्दै पैसा असुल्ने कार्य बारे प्रतिकृया लिन खोज्दा एक ब्यबसायीले आफ्नो नाम उल्लेख नगरने सर्तमा, अशिक्षित तथा गलत नियतका ब्यबसायीहरुबाट त्यस्ता गलत कार्य भइरहेको कुरा स्विकार्नु भयो ।
नेपाली राजदुतावसले यसरी खानपिन कार्यक्रम पहिलो पटक सप्तेम्बर ३ तारिख नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष कुस कुमार जोशीको निमन्त्रणामा गरिएको थियो भने यो दोस्रो पटकको खानपिन कार्यक्रम हो । आगामी फेब्रुअरीको पहिलो सातामा जिट्को र नेपाल सरकार श्रम मन्त्रालयद्वारा संयुक्त रुपले काठमाडौंमा सेमिनारको आयोजना पनि हुँदै छ । उक्त अबसरमा नेपाली सर्वसाधारणहरुले जिट्कोका अधिकारी र श्रम बिभागका सम्बन्धित कर्मचारीसँग यस प्रणालीसँग सम्बन्धित कुनै पनि प्रश्न र गुनासो राख्न सकिने छ ।

2009年10月4日日曜日

नम्रता श्रेष्ठबारेको हल्लाको पछी नलाग्नु होला ।

आज कल जे पनि एउटा बहना पायो कि तिललाई पहाड बनाउदै लाने चलन छ । त्यस्मा पनि फोगतमा ब्लग चलाऊन पाए पछी नेपालीहरुले अर्काको कुराकाट्नको लागि उपयुक्त ठाउँ भनेको छ ब्लग । नम्रता श्रेष्ठको बारेमा जती नै हो हल्लाहरु भईरहेछन । त्यी गिरोहहरु ईन्टरनेट र फिसिङ गर्ने ह्याकर हुन । अरुको पासवर्ड चोर्नको लागि त्यस्ता गिरोहहरुले नेपालीहरुलाई आकर्षण पर्ने खुराकीहरु पस्किदै आईरहेका छन । ति गिरोहहरु कहिले चिट्ठा परेको बधाई भनेर मेल पठाउछन त कहिले आफ्नो सम्पत्ति लुकाउने ठाउँ नभएकोले तपाईंको बैंक खातामा पठाउछु भन्दै सर्बसाधारणहरुको ब्यक्तिगत विवरण चोर्नको लागि बिभिन्न नाटक गरिरहेको हुन्छन । अब नेपालीहरुको कमजोरी ति गिरोहहरुलाई बुझ्न सजिलो भएको छ । एउटा सानो कुराको इस्स्यु गर्दैलाने मुर्ख नेपालीहरुले के कस्तो दु:खको सामना गर्नु पर्ने हो । जस्ले नम्रता श्रेष्ठको भिडियोप्रकरणको पछी लाग्दै आफ्नो ब्यक्तिगत विवरण सर्वजनिक गर्दै जान्छ । त्यो त्यस्ता ब्यक्तीहरु अबस्य पनि ठगिने वा आफ्नो महत्वपूर्ण संपर्कहरु भएको मेल एकाउन्ट नै अरुले अपहरण गरी दिन्छन । अनी देख्लास नम्रताको हल्लाको कमाल ।

कृपया यदी तपाईंहरु मध्ये कसैले नम्रता श्रेष्ठको भिडिओ प्रकरणको बिषयमा पिछ्या गर्दै हुनु हुन्छ भने मेरो मेल ठेगाना तपाईंको address Book बाट हटाइ दिनु होला । तपाईंहरुको मुर्खताले गर्दा दु:खको सामना गर्न चाहन्न । फेश बुकको सन्जालले सबैसँग नेटवर्क गरी सबैको ब्यक्तिगत विवरण चोरिने सम्भावना छ ।

2009年10月1日木曜日

नेपाल सरकारको कमजोरी, मनपरी नोट र नागरिकताको जारी


-अनोज शाक्य
नेपाली सर्वसाधारणहरुले पनि नोट के हो ?बुझ्नु पर्ने समय आएको छ ।
कुनै पनि देसले किन पैसा किन सन्चालनमा ल्याएको ? नोट र पैसाको फरक के हो ? सबै नोट पैसा हुँदैन । पैसा नोट कहिले हुँदैन । नोट जारी भएको सम्बन्धित देसमा बिना केही उत्पादन वा निर्यातयोग्य बस्तुको उत्पादन नभइ नोटमात्र जारी हुनु देसकोलागि खतरा छ।
नेपालीहरुलाई फोस्रे धनी बनाउन सरकारले यसरी नोट छापेको होइन ?नेपालमा जस्को पनि मनपरी भईसकेको छ । बिदेसमा बस्ने नेपालीलाई किन? नेपाली नागरिकता चाहियो ? नेपाली नागरिकता चाहिए किन ?बिदेस बस्नु पर्‍यो ? नेपाल सरकारको जिम्मेवार ब्यक्तीहरु र नेताहरुलाई नागरिकता र नोट जारी गर्ने काममा राष्ट्रको कती जिम्मेवारी हुन्छ भन्नेकुरा जानकारी छैन जस्तो लाग्छ ।
हरेक नेपाली नोटमा लेखेको हुन्छ कि [नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ 0000 तुरुन्त पाईन्छ ।] अहिले नेपाली नोटहरु बिदिसिएको वा कालो बजारीहरुले लुकाएको अवस्थामा छ । नेपाल राष्ट्र बैंकले पैसा सकिए अर्को छाप्ने कामलाई मात्र निरन्तरता दिएको जस्तो देखिन्छ । के नोट जारी गरेर नागरिक समक्ष पुगिसकेपछी त्यस्को जिम्मा सरकारलाई छैन ?यदी सरकारको यस्तै नितीमा नेपाल चल्दै जाने हो भने अर्को ५ बर्ष पछी १ डलरको रु ३०० रुपैयाँ पुग्न सक्छ । नेपाल सरकारको दिएको जमानत अनुसार कसैले ५ बर्ष पछी त्यी रकमहरुको भुक्तानी माग्न कोही देशी वा बिदेशी आयो भने नेपाल सरकारले के भुक्तानी दिने हो । देसमा केही उत्पादन छैन । त्यती बेला हाम्रो देसको कस्तो हालत होला ? के हाम्रो देसले बैदेशिक रोजगारीको नाममा न्युनपारिश्रमिकमा देसको जनशक्ती बिदेसीहरुलाई उपलब्ध गराउने मात्र काम गर्ने त ? जुन बिनमयदरले नेपालीहरुको मेहनतको मुल्य कम हुँदै जान्छ र हरेक नेपालीहरु बिदेस पलायन हुन वाध्य हुने छ । स्वदेसमा बिदेशी हस्तक्षेप बददै जाने छ ।