2009年11月25日水曜日

पैसा आयो ।


सुरुमा त विश्वाश नै लागेन । आज बिहानै हुलाकीले एउटा पोस्टकार्ड घरमा छोडेको रहेछ । भाईको फोन आयो दाई जापानबाट चिट्ठी आएको छ घरमा लिन आउनु होला भनेर । जापानबाट केही कागजपत्र आउनेवाला त थियो । हत न पत चिया पिएर बाईकलिएर घरमा गए । चिट्ठी होइन पोस्टकार्ड आएको रहेछ । त्यो पनि गुगलबाट। पातलो पट्याएको कार्ड खोलेर हेरेको त । पैसा पठाउनको लागि ठेगाना reconformation गर्नको लागि PINCODE online बाट भरेर पठाउनु भनी गाईड पो पठाएको रहेछ ।

2009年11月20日金曜日

कलेज जाने बहानामा अनैतिक काम

देवबहादुर कुँवर

काठमाडौँ, मङ्सिर ३ गते । साथीको 'बर्थ डे' छ भन्दै अनेक बहाना रचेर घरबाट निस्कने तपाइँका छोराछोरी कहाँ जान्छन् केही हेक्का राख्नुभएको छ ? यदि छैन भने उप्रान्त ख्याल गर्नुहोस् । तपाइँसँग जेसुकै भने पनि उनीहरूको दिनचर्या फरक हुनसक्छ ।

कलेज, कम्प्युटर, ट्युसन तथा साथीभाइ भेटघाटको बहानामा घरबाट निस्कने कतिपय युवकयुवती राजधानीका गेस्टहाउस तथा होटलहरूमा अश्लील क्रियाकलापमा संलग्न रहेको अवस्थामा प्रहरीको फन्दामा पर्न थालेका छन् ।

महानगरीय प्रहरी प्रभाग सोह्रखट्टेले गोँगबु नयाँबसपार्क, गल्कोपाखा र ठमेललगायतका विभिन्न क्षेत्रका होटल तथा गेस्टहाउसबाट मात्र एक दर्जन जोडीलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने युवकयुवती १० जोड २ तथा क्याम्पसमा अध्ययनरत किशोर किशोरी हुने गरको प्रहरी प्रभागले जनाएको छ ।

यस्ता किशोर किशोरीले रातिको समयमा रक्सी खाएर होहल्ला गर्ने गरेका कारण अन्य सर्वसाधारणले नै प्रहरीलाई फोन गरी सुराकी दिने गरेको स्पष्ट पार्दै प्रहरी सहायक निरीक्षक तारा विक भन्नुहुन्छ, सुरुमा श्रीमान्श्रीमती हुँ भनेर दाबी गर्ने यस्ता जोडीहरू अनुुसन्धान गर्दै जाँदा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड हुन्छन् ।

राजधानीका धेरैजसो कलेजमा अध्ययन गर्ने युवकयुवती बर्थ डेका नाममा अभिभावकलाई ढाँटेर गेस्टहाउसमा र बिहानपख कलेज जान्छु भन्दै अन्यत्रै घुम्न जाने गरेको गुनासो अभिभावकले प्रहरीसामु पोख्ने गरेको उहाँले बताउनुभयो । बुधबार राति बसपार्कस्थित रुप्सी गेस्टहाउसबाट पद्मकन्या क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत युवतीहरूलाई पक्राउ गरिएको जानकारी उहाँले दिनुभयो ।

स्थायी घर सुर्खेत बताउने ती युवतीलाई बस चालकसँग रमाइलो गरिरहेको अवस्थामा पक्राउ गरिएको र एक अर्को जोडीलाई आजै बिहान विष्णुमती खोला किनारामा मिनीस्कर्ट लगायकै अवस्थामा अश्लील क्रियाकलाप गर्दै गरेको बेला पक्राउ गरिएको प्रभागका प्रहरी निरीक्षक रुगमबहादुर कुँवरले बताउनुभयो ।

ती युवतीहरूले आफूसँग पक्राउ परेका केटाहरू आफ्नो ब्वाइफ्रेन्ड भएको बताएका छन् केटाहरूले पनि गर्लफ्रेन्ड भनेका छन् । पिपुल्स क्याम्पस पकनाजोलको युनिर्फम र विद्यार्थी कार्ड बोकेको एक जोडीले आफूहरूले यस्तो कार्य धेरै अगाडिदेखि गर्दै आएको बताएको छ ।

होटलमा गएपछि प्रहरीले पक्राउ गर्ने डरत्राससँगै बिहानको समयमा कसैले नदेख्ने गरी विष्णुमती खोला किनारा पुगेको बताउने त्यो जोडीले अश्लील कार्य गर्नेक्रममा सर्वसाधारणको आँखा छल्न नसकेको स्वीकारेको छ । उनीहरूलाई सख्त चेतावनी दिँदै अबका दिनमा सार्वजनिक ठाउँमा त्यस्तो अश्लील कार्य नगर्ने सर्तमा दिउँसो रिहा गरिएको प्रनि कुँवरले बताउनुभयो ।

विष्णुमती खोला किनारा र म्हेपी मन्दिर जङ्गलमा हुने क्रियाकलप नियन्त्रणका लागि स्वयं स्थानीयवासीले प्रहरी कन्ट्रोलमा फोन गरी जानकारी दिने गरेका छन् । सोही सूचनाका आधारमा प्रभागबाट खटेको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । कलेजको डे्रसमा सजिएका यस्ता किशोर किशोरी बिहान बेलुका सार्वजनिक ठाउँमा र राति गेस्टहाउसमा भेटिने गरेको जानकारी पनि उहाँले दिनुभयो ।

कतिपय होटलमा छापा मार्न जाँदा विभिन्न क्याम्पसको कार्डसमेत बरामद हुनुका साथै पक्राउ परेका युवकयुवतीको झोला चेकजाँच गर्दा क्याम्पसको डे्रससमेत बरामद हुने गरेको प्रहरीले जनाएको छ । अभिभावक पनि आफ्नो छोराछोरीको यस्तो क्रियाकलापप्रति त्यति सचेत नहुने गरेको पाइएको छ ।

साँझ बर्थ डे र बिहान तथा दिउँसो कलेज तथा ट्युसनको बहानामा घर बाहिर जाने कतिपय युवकयुवतीहरू रमाइलो गर्न गेस्टहाउस जाने गरेको पाइएको छ । रमाइलो गर्ने क्रममा बियर तथा रक्सी खाने र एकआपसमा झगडासमेत गर्ने गरेको अवस्थामा समेत त्यस्ता जोडीहरूलाई प्रहरीले पक्राउ गर्ने गरेको पाइएको छ ।

यसरी, पक्राउ परेका युवकयुवती सम्झाइबुझाई अभिभावकको जिम्मा लगाउनेक्रममा प्रहरीले सबै पोल खोलेपछि अभिभावकहरूले आफ्नो सन्तानले गर्ने क्रियाकलापप्रति सचेेत हुने गरेका छन् । म्हेपीका गोपालमान श्रेष्ठ भन्नुहुन्छ, जागिर खाने कि छोरीछोरीको गोठालो लाग्ने, अभिभावकले ध्यान दिन नसकेका कारण यस्तो समस्या आएको हो ।

प्रहरी प्रभाग सोह्रखुट्टेले यो दुई हप्तामा मात्र एक दर्जन जोडीलाई पक्राउ गरिसकेको छ ।

2009年11月17日火曜日

कुरा पुरुष बेश्याको ।

बिहान उठेर एउटा राष्ट्रिय दैनिकको मुखपेजमा देखे पुरुष बेश्या बारेको समाचार । एककप चिया सँगसगै समाचार पढे । नयाँ नेपालको बिकास सँगसगै धरी ईन्टरनेट मार्फत नेपाली युवतीहरुले यौन सन्जाल फैलाएको समाचार , नेपाली पुरुष बेश्याको समाचार लगायत नेपाली अभिनेत्रीहरुको अस्लील भिडियो प्रकरणहरुको खबर पढदा मलाई लाग्यो अब नेपाल बिकास भयो जस्तो लाग्यो । कुनै पनी प्राणीको चरम सुख भनेको नै यौन सुख हो । आज संसार खुल्ला र उद्वार भएको अवस्थामा नेपाल र नेपालका प्रशासन सन्कुचित सोचाइ लिनु हुँदैन जस्तो मलाई लाग्छ । यस्ता बिकृतीको समाधानको एउटा मात्र उपाय मैले देखेको छु कि सरकारले नागरिकहरुलाई ब्यस्तता बनाइदिने रोजगारी दिन सक्नु नै यस्ता बिकृतीको समाधान हुन सक्छ यौनब्यापार संसारमा कुन देशमा छैन ? यौनकृयालाई बिकसित मुलुकहरु जसरी लीएको छ त्यसरी नै नेपाली समाजले लिनु पर्ने देखिन्छ । यौनब्यापारलाई ब्यबस्थिकरण गर्न सकिन्छ तर निर्मुल पार्न असम्भव छ । यौनकृया अपराध होइन । यौनकृयामा लागेको मान्छेहरुको नियन्त्रणमा राज्यका प्रशासन नै लाग्नु पर्ने कुनै जरुरी जस्तो मलाई लाग्दैन

के यौनकृया सम्पन्न मान्छेहरु ले गर्यो भने मनोरन्जन गरीबहरुले गर्यो भने यौन ब्यापार हुन्छ ? कृया एउटै ब्यक्तित्वको फरक हुनासाथ शब्द नै फरक हुन्छ र ?सम्पन्न भए पछी संस्कार आँफै सिक्छ । हाम्रो देसका ठुल्ठुला नेताहरु पनि त बेश्यालय नपुगेका होइन नि । अझ बिदेसमा कुतनैतीक भेटघाटमा अनिवार्य यौनसत्कार गर्ने चलन नै के हाम्रा नेताहरुले पनि बिदेशको निमन्त्रणामा यौनसत्कार भोगेको छैन र नेपाल आउने बिदेसी मित्रराष्ट्रका पाहुनाहरुलाई यौन सत्कार गरेको छैन र यौन सम्बन्ध सबभन्दा विश्वासिलो सम्बन्ध हो । त्यो सम्बन्धले धेरै कुराको बिकास गर्दछ । घुस खान नमिल्ने देसहरुमा यौनसत्कारको माध्यमबाट आफ्नो सेवाग्रहीहरुको सेवा गरेको हुन्छ । ताल्चा लगाउन(पासवर्ड राखेर लक गर्न ) नमिल्ने ठाउँको ठेक्का हामी प्रशासनले लिएर साध्य लाग्छ यौन शिक्षालाई आधारभुत शिक्षामा पनि राख्ने,फेरी त्यही यौनकार्यलाई गैरकानुनी कृयाकलापको रुपमा लिने कस्तो नियम हो । आफ्नो मनोबल उर्जाको लागि यौनसंपर्क गरिने हो आफु र सहपाठीको आपसी खुशीको लागि समागम गर्ने हो । यौनलाई पैसामा कारोवार गर्नु पक्का पनि राम्रो काम होइन । तर पनि आफ्नो मुल्य कसैले लिएर ब्यवसाय गर्छ भने त्यस्ता कार्य, गर्ने ब्यक्तीमा भर पर्ने कुरा हुन ।

2009年11月13日金曜日

पचास हजारमा जापान

कान्तिपुर दैनिकबाट साभार गरिएको ।


काठमाडौ, २०६६ कार्तिक २६ - प्रशिक्षार्थी कामदार रूपमा जापान जाने नेपालीले ५० हजारभन्दा बढी खर्चनु नपर्ने भएको छ । हालै अन्तिम रूप पाएको जापानमा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउने निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । श्रम तथा यातायात मन्त्रालयले बुधबार निर्देशिकालाई अन्तिम रूप दिएको हो ।

'कामदारले लगभग ५० हजार रुपैयाँ तिरे पुग्छ,' मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराइले भने, 'यो एजेन्सीले जानुअघिको तयारी र व्यवस्थापन खर्चका रूपमा लिन पाउने भएका हुन् ।' भिसा प्रक्रिया, हवाई टिकट खर्चलयायत अन्य खर्च कामदार लैजाने कम्पनीले नै बेहोर्ने उनले बताए ।

निर्देशिकाअनुसार कामदारसँग कम्तीमा दुई वर्षको कार्यानुभव हुनुपर्छ । यस्तै कामदार १८ देखि ४० वर्षभित्रको हुनुपर्नेछ । यस्ता कामदारले जापानमा ३ वर्ष काम गर्न पाउनेछन् । 'जापानी भाषा र संस्कृति अनिवार्य रूपमा जानेको हुनुपर्छ,' उनले भने ।

'पहिलो एक वर्ष उनीहरूले प्रशिक्षार्थी कामदारका रूपमा काम गर्नेछन्,' भट्टराईले भने, 'त्यसपछिका दुई वर्ष उनीहरूले अभ्यासार्थीका रूपमा काम गर्नुपर्छ ।' यसरी जाँनेले पहिलो एक वर्ष मासिक लगभग ३५/४० हजार रुपैयाँ निर्वाह भत्ता पाउनेछन् । 'त्यसपछिका दुई वर्षमा १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने देखिन्छ,' मन्त्रालयका अर्का अधिकारीले भने, 'तर यो कम्पनीअनुसार फरक पर्न सक्छ ।' उनीहरूले एक वर्षसम्म स्वास्थ्य उपचार र बिमाजस्ता सुविधा भने पाउँदैनन् ।

यस्तै निर्देशिकामा काम छाडेर भाग्न नपाइने व्यवस्था छ । तर कामदार नफर्किए कम्पनी पूर्ण रूपमा उत्तरदायी भने हुँदैन । 'कम्पनीले कामदारको नियमित अनुगमन गर्नुपर्छ,' निर्देशिकामा छ, 'कामदार भागेमा यसको जानकारी सम्बन्धित निकायलाई गराउनुपर्छ ।' भट्टराईले भने, 'यदि एजेन्सीले अनुगमन नगरेको पाइए उसको लाइसेन्स खारेज गर्न सकिन्छ ।'

निर्देशिका कानुन, अर्थ र परराष्ट्र मन्त्रालय तथा जापानस्थित नेपाली दूतावासमा पठाइनेछ । यसमा महत्त्वपूर्ण टिप्पणी आएन भने दुई साताभित्र अनुमोदन गरी त्यसपछि कार्यान्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

निर्देशिका जापानामा औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन अनुमति पाएका १ सय ७१ म्यानपावर कम्पनी र नेपाल उद्योग वाणिज्य महासंघले पालन गर्नुपर्छ । 'निर्देशिका जापान कामदार पठाउनका लागि महत्त्वपूर्ण काम हो,' श्रम मन्त्रालयका सचिव बाबुराम आचार्यले भने, 'यसलाई सकेसम्म छिट्टै कार्यान्वयनमा ल्याउँछौ ।' कामदारले जानुअघि राम्र्रो तयारी र प्रशिक्षण लिएर जाऊन् भनेर केही बढी शुल्क लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।

नेपालले सन् २००३ मा उद्योग वाणिज्य संघमार्फत प्रशिक्षार्थी कामदार पठाउनेबारे जिटकोसँग सहमति गरेको थियो । सन् २००८ को अन्तमा सरकारले फेरि वैदेशिक रोजगार व्यवसायीमार्फत कामदार पठाउनेबारे जापानसँग अर्को सहमति गरेको थियो ।

यसअघि छजना कामदार पठाएको उद्योग वाणिज्य महासंघले प्रतिव्यक्ति २० हजार रुपैयाँ लिएर कामदार पठाएको थियो । 'सुरुमा पठाएका छजनाको कामले उनीहरू खुसी भएका छन्,' महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले भने, 'त्यसले पछिल्लो समय कामदारको माग बढिरहेको छ ।' सचिव भट्टराईका अनुसार जिटकोको एक प्रतिनिधिमण्डल फेब्रुअरी पहिलो साता कामदार पठाउने वैदेशिक रोजगार व्यवसायी र महासंघलाई अभिमुखीकरण तालिम दिन आउने भएको छ ।

मेरो प्रतिकृया:-
५० हजार भिसा भईसकेपछी तिर्ने कि सुरु मै तिर्ने खुलेन । सुरु मै तिर्ने हो भन्ने भिसा अथवा जापानमा जान पाएन भने त्यो रकम के हुने हो । जापानको बजार खोज्न त्यती पैसाले पुग्दैन । जापानजाने सबै उम्मेद्वारहरुले पहिला नै ५० हजार तिर्नु पर्ने हो भने त्यो रकम बढी हुन्छ । जिट्कोको निर्देशन अनुसार जापानजाने टुगो भए पछी मात्र जापानि भाषा सिकाउन लगाउने कुरा छ भने अहिले नेपालमा जापानि भाषा सिकाउने संस्थाहरु ब्यापक बढी रहेको छ । यो प्रणालीमा अनियमित्ता भयोभने नेपालबाट कोही पनि जान नपाउने गरी निलम्बन गर्ने जापान सरकारको नियममा छ । नेपाल सरकार ले यस् प्रणालीलाई गम्भिर पूर्वक अनुगमन गर्नु पर्ने देखिन्छ । अर्को कुरा श्रम मन्त्रालयबाट छिटो भन्दा छिटो जापान प्रायोजनको इजाजत दिन ढिलो भयो भने अहिलेको सुचिकरण ब्यर्थ हुन सक्छ । यस कार्यमा आवद्व हुने संघ संस्थाहरुले समय र बचनको पालना गर्ने र जाने उम्मेद्वारहरु लगनशिल र इमान्दार हुनु पर्ने छ ।

2009年11月10日火曜日

बाटो खुल्यो हिंड्न जादैन ।

अन्तत नेपालीहरुलाई आफ्नो सिप बिकासको लागि जापानको बाटो खोली दिएको छ श्रम मन्त्रालय ले । तर वास्तविकता भन्ने अर्कै छ । जताततै जापान पठाइ दिन्छु भनेर राहदानी र बैना माग्ने ठगहरुबिगबिगी बढेको छ ।
अलिकती बुद्धी भएकाहरुले [जापान जान के गर्नु पर्छ ?]भनेर एउटा प्रश्न सम्म राख्न जानेको छ । तर फताहाहरुको बनावटी उत्तर मै चुप लाग्छन नेपालीहरु । १०००० हजार भन्दा बढी नेपालीहरुले जापान जानको लागि राहदानी र बैना ठगहरुलाई बुझाई सकेको अवस्था छ । के त्यी ठगहरुले नेपालीहरुलाई उनीहरुले आसा गरे अनुसार गन्तब्यमा पुर्याउने काम गर्न सकिन्छ त ? कुनै पनि हालतमा सकिन्दैन । किनभने कागजी प्रकृया धेरै छ । म्यानपावर ब्यबसायीहरु मध्येमा गलत नियत र अशिक्षित ब्यक्तित्वहरु धेरै छन । जापानले आफुले नेपाली जनशक्ती जापानमा लिन खोजेको होइन जापानको औद्योगिक प्रतिष्ठानहरु नेपाललाई दिन खोजेको हो । भबिस्यमा जापानको औद्योगिक प्रतिष्ठानहरु नेपालमा स्थानातरण गर्नको लागि जनशक्ती जुटाउनको लागि पुर्वाधार स्वरुप नेपालबाट प्रशिक्षार्थीहरु लिने गरिन्छ । यस प्रणालीबाट कोरिया,मलेसिया र चाइनाहरुले लाभाम्बित भई सकेको छ भने नेपालले यो प्रणालीलाई कसरी अगाडि बढाउने हो । ब्यबसायीहरुको लापर्वाहीले कतै नेपाल कै बेइजत गराउने त होइन । जुन औद्योगिक प्रतिष्ठानहरुमा नेपालीहरुले रोजगार पाओस बिदेसी सामानहरु निर्यात गरेर नेपालको पैसा बिदेसमा नजाओस भन्ने उदेष्य हो ।
१ .जापान जान के गर्नु पर्छ त ?
आफु कुन पेसामा लागेको छ त्यो पेसा जापान सरकारले तालिमको सुचीमा राखेको छ कि छैन बुझ्नु पर्छ ।
२ .के के कागजपत्र चाहिन्छ त ?
प्रशिक्षणमा जाने नेपाली उम्मेद्वारले सम्बन्धित निकायबाट तालिम लिएको हो भनी प्रमाणित गराएर ल्याउनु पर्ने छ । र उक्त कामको तालिम लिएर नेपाल फर्केर आएपछी काम दिने कम्पनी निस्चित गर्नु पर्ने छ । हाल तालिमलिन खोजेको काम गरिरेहेको छ भनेर प्रमाणीत गराउनु पर्ने छ ।
३ .जापानी भाषा पहिला नै सिक्नु पर्छ त ?
पर्दैन । राहदानी पनि बनाउनु पर्दैन । अन्तर्वातामा सफल भईसके पछी जापानि कम्पनीले जापानि भाषा सिक र राहदानी बनाउ भने पछी मात्र बनाउनु पर्छ । खाडी मुलुकजाने मानसिक भएकाहरुलाई यो नियम लागु हुने छैन ।
४ .पैसा कती लाग्छ त ?
जापान सरकारको नियममा पैसा लिनु गैरकानुनी हो । तर साचै नै कामगर्ने मान्छेको खर्च धेरै हुने भएको हुनाले आफुलाई गरेको सहयोग बापत केही रकम दिनु राम्रो हुनेछ ।
५ .यो प्रणाली को उदेश्य के होला ?
जापानमा भएका कृषि प्रबिधी लगायत अन्य औद्योगिक प्रतिष्ठानहरु नेपालमा स्थानतरण गर्ने हो । जस्ले नेपाल आफ्नै देसमा हरेक कुराहरु उत्पादन गरी आत्मनिर्भर बन्ने छन ।

६ .के को आधारमा छनौट गरिन्छ ?
ब्यक्तित्व,इमान्दारिता र वास्तबिक रुपमा सम्बन्धित काममा लागेको ब्यक्ती भएको आधारमा छानिन्छ ।
८ .जापानमा तालिममा जानको लागि कहाँ संपर्क होला ?
नेपाल सरकारले इजाजत दिएका कुनै पनि निकायबाट आबेदन दिन सक्नेछ,विश्वासिलो म्यानपावर मार्फत प्रकृया गर्दा राम्रो हुन्छ। जापानमा संपर्क कार्यालय भएको म्यान पावरबाट गर्दा मौका धेरै हुन्छ।
९ .तालिम लिएर फर्केपछी फेरी जापान जान पाईन्छ ?अथवा पढ्न जान पाईन्छ ?
यो प्रणाली जापानमा भएको सिप नेपालमा स्थानतरण गर्ने उद्वेश्य भएको हुँदा तालिम लिएर फर्केकाहरु फेरी जापान जान पाउदैन । जापानमा सिकेर आएको सिप नेपालमा कार्यन्वयन गर्ने हो ।

क्र.म.स

2009年11月1日日曜日

प्रशिक्षार्थी कामदार निर्देशिका जारी गरिने

नेपाल समाचारपत्र, (काठमाडौं) सरकारले प्रशिक्षार्थी कामदार जापान पठाउने प्रणालीसम्बन्धी कार्यविधि निर्देशिका जारी गरी जापानमा कामदार पठाउने प्रक्रिया अघि बढाएको छ।

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले तयार गरेको उक्त निर्देशिका १० दिनभित्र जारी गरी जापान पठाउने कार्य अघिबढाउने गृहकार्य भइरहेको मन्त्री मोहमद अफताव आलमले जानकारी दिनुभयो। मन्त्री आलमले नेपाली प्रशिक्षार्थी कामदारलाई जापानमा रोजगारीमा पठाउन अवलम्बन गर्नुपर्ने प्रक्रिया स्पष्ट गरी मन्त्रालय र जापान इन्टरनेसनल ट्रेडिङ कोपअरेसन अर्गनाइजेसन (जिट्को) बीच सम्पन्न सम्झौतालाई कार्यान्वयनमा ल्याई सहकार्य अघि बढाइएको जानकारी दिनुभयो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार जापानमा कामदार पठाउने सम्बन्धमा आयोजित अन्तरक्रियामा श्रममन्त्री आलमले जापानमा नेपाली प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा रहेको अन्योल निर्देशिका जारी भएपछि हट्ने बताउनुभयो। निर्देशिका जारी भएपछि नेपाली व्यवसायीलाई जापानमा गएर व्यवसाय प्रवर्द्धन गर्न ढोका खुल्ले उहाँले बताउनुभयो।

‘जापानमा नेपाली कामदार पठाउने प्रक्रियालाई मर्यादित बनाउनुहोस्’, मन्त्री आलमले जापानमा कामदार पठाउन छनोट भएका १ सय ७२ मेनपावर एजेन्सीलाई भन्नुभयो- ‘नेपाली कामदारलाई यस्तो काम दिन्छु, यति पैसा लाग्छ भनेर अनियमिता नगर्नुहोस्, यस्तो कार्य गर्नेलाई मन्त्रालयले कारबाही गर्नेछ।’

सरकारले जापानमा कामदार पठाउने कम्पनीले कति पैसा लिने र कम्पनीले कति धरौटी राख्ने भन्ने सम्बन्धमा मन्त्रालयले छिट्टै निर्णयगर्नेसमेत उहाँले जानकारी दिनुभयो।

केही दिनअघि मन्त्री आलमको नेतृत्वमा जापान गएको नेपाली टोलीले जापानमा नेपालीका लागि ‘केयर गिभर’ क्षेत्रमा हुन सक्ने मागको सम्बन्धमा समेत जापानी पक्षसँग छलफल गरेको थियो। सो अन्तरक्रियामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तिलकबहादुर रानाभाटले सरकारले निर्देशिका जारी गरी छनोट भएका कम्पनीलाई जापानमा बजार प्रवर्द्धन गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।

रानाभाटले नीतिमा उल्लेख गरिएको रकम मात्र सेवा शुल्कका रूपमा कामदारबाट उठाउन व्यवसायीलाई अनुरोध गर्नुभयो। ‘सरकारका सबै नीति नियम व्यवसायीले मान्नेछन्। तर, जापानमा कामदार मागेमा सरकार जिम्मेवार हुनुपर्छ’ -रानाभाटले भन्नुभयो।

सरकारले जारी गर्न लागेको निर्देशिकामा जापान जान इच्छुक प्रशिक्षार्थीले नेपालको उद्योग मन्त्रालयअन्तर्गतका निकायमा दर्ता भएका औद्योगिक प्रतिष्ठान, उद्योग-व्यवसाय, कृषि, सहकारी, होटल, पर्यटन व्यवसाय, सेवा तथा वस्तु उत्पादन व्यवसायजस्ता क्षेत्रमा न्यूनतम दुई वर्षकाम गरेको हुनुपर्नेछ।
त्यसै गरी कृषिसम्बन्धी कामको निमित्त जान चाहने कामदारले सम्बन्धित उद्यम वा सम्बन्धित विषयको सहकारीमा काम गरेको हुनुपर्नेछ।

साथै जापानी भाषा तथा संस्कृतिका सम्बन्धमा न्यूनतम जानकारी भएको हुनुपर्नेछ। प्रशिक्षार्थीको उमेर १८ वर्षेखि ४० वर्षननाघेको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। जापानमा कामका लागि जाने नेपालीले तोकेको कार्यक्षेत्रभन्दा बाहिर भागेर काम गरेको पाइएकाले सरकारले अब जाने कामदारका लागि कडा नियम लागू गर्ने भएको छ।

जिट्कोअन्तर्गत जापान जाने नेपाली प्रशिक्षार्थी कामदारले समय सकिएपछि नेपाल र्फकनुपर्ने व्यवस्था कडारूपमा लागू गर्न र नियम उल्लंघन गर्नेलाई स्वदेश फर्केपछि कारबाही गरिने मन्त्रालयले जनाएको छ।