2010年3月3日水曜日

जापान जानको लागि !

नेपाल सरकारले जापानको लागि बाटो खुलाइए पछी नेपाली म्यानपावर ब्यबसायीहरु स्तब्ध भएका छन । कुनै म्यानपावरहरु जापानमा बजार खोज्न हिंडेका छन भने कुनै म्यानपावर जापानजाने नेपाली युवा युवतीहरु जम्मा गर्न थालेका छन । तसर्थ जापानमा नेपालीहरुलाई अबसरका लागि कसरी कार्यक्रम अगाडि बढाउने बिषयमा कुनै योजना कसैसँग पनि छैन । बिना कुनै योजना जापानले कुनै पनि बिदेसीहरुलाई लिदैन । बिभिन्न पत्रपत्रीकाहरुमा चहिने नचाहिने खबरहरुको कारण नेपालीहरु काम भन्दा बढी हल्ला गर्ने प्रबित्तीले गर्दा यो अबसर सहज रुपले अघी बढाउन कठिनाई नै पर्ने सम्भावना छ । जापान सरकारले आगामी जुलाई देखी प्रणालीको नियम परिवर्तन गर्दै छ । त्यस्ले गर्दा जापानमा बिदेशी कामदारहरुलाई अबसर थप्ने छ भने ब्यबसायीहरुले केही अनियमिता गरेको खण्डमा सुरुमा ५ बर्ष सम्म कामदार पठाउन रोक्का गर्ने नियम छ । एउटै कसुर दोहोरिएको खण्डमा सधैंको लागी निलम्बन गर्ने प्रबधान छ । यो प्रणालीबाट राष्ट्रहित हुने गरी फाईदा लिनको लागि गाउ , जिल्ला ,अञ्चल ,सिङगो राष्ट्र नै हातमा हात मिलाएर योजना बनाइ अगाडि बढ्न जरुरी छ । नेपाल सरकारले जापानबाट मागपत्र ल्याए पछी पूर्व स्विकृती लिएर राष्ट्रिय दैनिकमा बिज्ञापन दिनु पर्ने नियम राखेको छ उक्त नियमले सर्वसाधारणहरु अझ ठगिने सम्भावना हुन्छ । जापानजान चाहने कुनै पनि उम्मेद्वार जापान सरकारले तोकिए बमोजिमको काम मा लागेको हुनु पर्ने छ । म्यानपावरको ढोका ढोकामा जानु भन्दा आफ्नो काममा लागेर बसेमा जापानमा अबसर पाउने छन । जापान सरकारको सरोकार निकायको होमपेजमा नेपालको बारेमा जापानका कम्पनी सरोकारवालाहरुलाई सार्वजनिक जानकारी गराएको अवस्थामा नेपाली युवायुबतीहरुलाई अबसर दिन चाहने जापानि कम्पनीका सम्बन्धित कर्मचारी पाहुना बनेर उम्मेद्वारको घर वा औद्योगिक प्रतिष्ठानहरु सम्म पुग्न सक्छन । हातमा सिप भएकाहरुलाई जापानिहरुले असाध्यै मनपराउने भएकोले जापान जान चाहने उम्मेद्वारहरुले आफ्नो आफ्नो जिल्ला गाउमा भएका पेसा सिपहरुको बारेमा धेरै भन्दा धेरै प्रचार प्रसारगर्न सकेमा धेरै अबसर पाउने छन ।
http://www.jitco.or.jp/send/teikikyogi_list.php?id=69

0 件のコメント: