2009年10月4日日曜日

नम्रता श्रेष्ठबारेको हल्लाको पछी नलाग्नु होला ।

आज कल जे पनि एउटा बहना पायो कि तिललाई पहाड बनाउदै लाने चलन छ । त्यस्मा पनि फोगतमा ब्लग चलाऊन पाए पछी नेपालीहरुले अर्काको कुराकाट्नको लागि उपयुक्त ठाउँ भनेको छ ब्लग । नम्रता श्रेष्ठको बारेमा जती नै हो हल्लाहरु भईरहेछन । त्यी गिरोहहरु ईन्टरनेट र फिसिङ गर्ने ह्याकर हुन । अरुको पासवर्ड चोर्नको लागि त्यस्ता गिरोहहरुले नेपालीहरुलाई आकर्षण पर्ने खुराकीहरु पस्किदै आईरहेका छन । ति गिरोहहरु कहिले चिट्ठा परेको बधाई भनेर मेल पठाउछन त कहिले आफ्नो सम्पत्ति लुकाउने ठाउँ नभएकोले तपाईंको बैंक खातामा पठाउछु भन्दै सर्बसाधारणहरुको ब्यक्तिगत विवरण चोर्नको लागि बिभिन्न नाटक गरिरहेको हुन्छन । अब नेपालीहरुको कमजोरी ति गिरोहहरुलाई बुझ्न सजिलो भएको छ । एउटा सानो कुराको इस्स्यु गर्दैलाने मुर्ख नेपालीहरुले के कस्तो दु:खको सामना गर्नु पर्ने हो । जस्ले नम्रता श्रेष्ठको भिडियोप्रकरणको पछी लाग्दै आफ्नो ब्यक्तिगत विवरण सर्वजनिक गर्दै जान्छ । त्यो त्यस्ता ब्यक्तीहरु अबस्य पनि ठगिने वा आफ्नो महत्वपूर्ण संपर्कहरु भएको मेल एकाउन्ट नै अरुले अपहरण गरी दिन्छन । अनी देख्लास नम्रताको हल्लाको कमाल ।

कृपया यदी तपाईंहरु मध्ये कसैले नम्रता श्रेष्ठको भिडिओ प्रकरणको बिषयमा पिछ्या गर्दै हुनु हुन्छ भने मेरो मेल ठेगाना तपाईंको address Book बाट हटाइ दिनु होला । तपाईंहरुको मुर्खताले गर्दा दु:खको सामना गर्न चाहन्न । फेश बुकको सन्जालले सबैसँग नेटवर्क गरी सबैको ब्यक्तिगत विवरण चोरिने सम्भावना छ ।

0 件のコメント: