2011年1月2日日曜日

तरकारी महँगो भयो ।


आजकल जुन पत्र पत्रीका हेरे पनि बजारमा तरकारीको भाउ महँगो भएको मात्र समाचार बनी रहेको छ । तर किन तरकारीको भाउ बद्यो त भन्ने बिष मा बिस्लेशन कसैले पनि गरेको छैन जस्तो लाग्छ । प्रजातन्त्रको आगमन को साथसाथै नेपालमा जग्गाको कारोबारले गर्दा जमिनबाट खाध्य बस्तु हरु उत्पादन गर्नु भन्दा जग्गा बिक्री गरेर आएको पैसा बैकमा जम्मा गरि ब्याजले जिबनयापन गर्ने गुलियो मानसिकताको बिकास किसानहरुमा भई दिदा मेहनती किसानहरु पनि अल्छी हुँदै गएको महसुस भएको छ । अहिले जो ब्यक्ति किसान काम गर्छन् उस्को आफ्नो जग्गा छैन । धनीहरुले सबै जग्गामा हाता हालेर आफुहरु बिदेश पलायनभई दिए पछि खेतीयोग्य भुमीहरु सबै बाझो परेको अवस्था छ भने अर्को कुरा किसानहरु स्वयम् लगानी तथा जग्गाको अभावले गर्दा आफुहरुको परिश्रम गर्ने अबसर भएन । यस्तो फाईदा छिमेकी मुलुकहरुले लिएका छन् । बर्सेनी हजारौं टन लसुन चाइनाबाट आयात हुन्छ भने अन्य तरकारी फलफुल लगायत दैनिक उपभोग्य समानहरु भारतबाट आयात गरिएको छ । छिमेकी मुलुकहरुमा सामुदायिक कृषि उत्पादनको लागि नेपाल एउटा छिमेकी राष्ट्रहरु लाई राम्रो बजार भएको छ भने नेपालमा बैदेसिक रोजगारलाई मात्र रोजगार मान्ने सोच बिकास हुँदै गएको छ । यो समस्या आगामी दिनहरुमा झनझन जटिल रुप लिदै जाने कुरा दुई मत नहुने भएकोले तत्काल सरकारले नेपालका किसानहरुको मर्म बुझी उनीहरुलाई लगानी तथा समुदायिक उत्पादनगर्ने कार्यक्रम ल्याइ नेपालका किसानहरुलाई कृषि खाध्य बस्तु उत्पादन गर्न प्रोत्साहन दिन जरुरी छ ।

0 件のコメント: