2009年9月9日水曜日
जनक शिक्षा सामग्री केन्द्रलाई सुझाव !!
हरेक बर्ष नयाँ शैक्षिक बर्षमा पाठ्यपुस्तकको अभावमा महिनौ पढाई भईसक्दापनि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक उप्लब्ध गराउन नसक्दा विद्यार्थी तथा अबिभावकहरुलाई तनाब हुने गर्दछ । पाठ्यपुस्तक निजी क्षेत्रले पनि प्रकाशनगर्न पाउनु पर्छ भनी माग राखी पाठ्यापुस्तक छपाइमा पनि राजनीति सुरु हुन लागेको जस्तो लाग्यो । नेपाली गरीब मानसिकता भएका केही तत्वहरुले गर्दा देसभरीका जनताले दु:ख पाइरहेका छन । के जनक शिक्षा सामग्री केन्द्रले सम्पूर्ण पाठ्यपुस्तकहरु PDF फाइल बनाएर अनलाइनबाट उपलब्ध गर्न सक्दैन । कमिसनको लोभले जनताहरुलाई कती दु:ख दिनु हुन्छ । अनी तपाईंहरुलाई जुनबेला छाप्न मन लाग्छ त्यो बेला छाप्नुस् नेपाली विद्यार्थीहरुको पढाईमा बाधा त हुँदैन । कहिले मतपत्र छाप्ने कामले गर्दा पाठ्यपुस्तक छाप्न ढिलो भयो रे । धरी लोडसेलिङलाई दोष के हो सरकार र सरकारी कर्मचारीको चाला ? जनक शिक्षा सामग्रीलाई त्यती गर्न फुर्सद छैन भने मैले २ दिनमा १ देखी १० कक्षा सम्मको पाठ्यपुस्तकहरु अन्लाईनमा हाली दिउ ? इजाजत दिनुस् । २दिनमा १४ अञ्चल ७५ जिल्लामा पाठ्यपुस्तक उपलब्ध गराउने जिम्मा मेरो भयो । छपाइको कमिसनका लोभिहरु र घुस्याहाहरु त निरुत्साहित होला ।
登録:
コメントの投稿 (Atom)
0 件のコメント:
コメントを投稿