2010年8月3日火曜日

यस्तो पनि पत्रकारिता ?

नेपालमा बहुदल आएपछी धेरै पत्र पत्रीकाहरु निस्कन थाले । चलचित्र सम्बन्धी पत्रीका ,अर्थ सम्बन्धी ,राजनैतीक खबर ,बैदेशिक रोजगार सम्बन्धी पत्रीका बिभिन्न पत्रीकाहरु छन नेपालमा । बागबजारमा दिउसो गयो भने २ पेजको पत्रपत्रीका बोकेर चिच्याउदै हिंडेको हकरहरु पनि देखिन्छ । गाडीमा हिदडा साना केटाकेटीहरु पनि अंकल एउटा पत्रीका किनेर सहयोग गर्नुस् भनेर झ्यालबाट बेच्न आउछन । हुन त नेपालमा राष्ट्रिय स्तरको राम्रा र निस्पक्ष र विश्वाशिलो पत्रीकाहरु नभएका होइन । नेपाली समाजमा केही पत्रीका यस्तो देखिन्छ कि समाजमा बिकृती फैलाउने र ब्यक्तिगत रिसइबी र मानहानीको प्रबाह नै नगरि समाचार प्रकाशन गर्ने प्रकाशकहरु छन । एउटै ब्यक्तीको २वटा प्रकाशनको पत्रीकाहरु पनि छन । कुनै एउटा अधिकारिक समाचार हुँदैन । अरु पत्रीकामा छापिएका लेख ,समाचार ,हुबहु सार्ने काम गरिएको छ । कुनै ब्यक्तीलाई गाली र बेइजत गर्नु पर्‍यो भने त्यस्तो सानो सानो पत्रीकाहरु प्रकाशन गर्ने ब्यक्तीहरुलाई सानो बिज्ञापन दियो भने जस्तो ब्यक्तित्वलाई पनि गाली र बदनाम गर्ने कुरा लेख्न पछी पर्दैन त्यस्ता पत्रकारहरु । पत्रकारको ओट लगाएर ब्ल्याकमेलिङ गरेर पैसा कमाउन पल्केका पत्रकारहरुको कारण पत्रकारहरुको बेइजत भएको छ । कलम कती खतरनाक हात्तीयार हो भन्ने कलम चलाऊने पत्रकार स्वयम ज्ञान नभएपछी पत्रकारहरुले आफ्नै ज्यान फालिएका घटनाहरु पनि छन । सानो सानो प्रलोभनमा परेर पत्रकारले कलम जस्तो सम्बेदनशिल हात्तीयार आफ्नो ज्यानलाई जोखिममा राखेर चलाऊन पछी पर्दैन । नेपाल पत्रकार महासँघ र नेपाल सरकारले संयुक्त पहल गरी यस्ता बिकृती फैलाउने पत्रपत्रीकाहरुलाई कार्वाही गर्नु पर्दछ ।


जापानको राष्ट्रिय गीत सुन्नुहोस् ।


ネパールの新国歌

ネパールの国歌の日本語訳文


幾百という花からなる我々は一つの花環、ネパールの民
主権をもちメチからマハカリまで広まりある

豊かなる自然の遺産に満ちあふれ
勇者の流した血により、克ち得た自由と確固

見識の地、平和の地、タライ平原、山間地、ヒマラヤ
分かつことのできない、我らが愛しの祖国ネパール

多種多様なる民族、言語、宗教、文化の宝庫
いや進む我らが国家、ネパール万歳

0 件のコメント: