2012年1月7日土曜日

नेटवर्क बिजिनेस

नेटवर्क बिजिनेस एउटा बदनाम भएको ब्यवसायको रुपमा लिन सकिन्छ । नेपालमा आएका जती पनि नेटवर्क बिजिनेस छन प्राय असफल भएका छन । यो ब्यवसाय नेपालमा सफल नहुनुको बिशेष कारण आफ्नो कुनै उत्पादन नहुनु हो । अर्को कुरा सदस्यता सुल्कको नाममा नेपालीहरुको दैनिक आय स्रोत भन्दा बढी सदस्यता सुल्क उठाउनु नै कमजोरी पक्ष हो । हुन त म कुनै पनि नेटवर्क ब्यवसायमा लागेको छैन । लाग्नेवाला पनि छुइन । तर नेटवर्क बिजिनेसबाट राम्रो कमाइ गरेका सफल ब्यबसायीहरु मैले धेरै देखेको छु । नेटवर्क ब्यवसायमा लाग्नेहरुले कुनै पनि दैनिक उपभोग्य बस्तुको उत्पादन र सामुहिक उपभोग गरेर सफल भएको उदाहरणहरु धेरै छन । कुनै पनि नेपाली नागरिकले बिदेशको नेटवर्क ब्यवसायहरु नेपालमा भित्राउने हो भने पहिला उनीहरुको सामान उत्पादन कम्पनी नेपालमा ल्याउन सक्नु पर्छ । नेपालको अवस्थामा भन्नु पर्दा सदस्यता सुल्क ५०० रुपैयाँ गरी सदस्यहरुले कम्पनीको उत्पादन खरिद गरेर मुनाफा लाई बाड्फाड गर्ने प्रणालीलाई निरन्तर दिन सकेमा नेटवर्क ब्यापारको राम्रो पक्ष पनि नभएको होइन । यस्लाई कृषि क्षेत्रमा सामुदायिक लगानी गरी उत्पादित बस्तुहरु सबै सदस्यले उपभोगगर्ने तरिकाले अगाडी बढाउन सकिएमा देसको बिकासमा पनि टेवा पुग्ने छ । सदस्यता सुल्क नै सदस्यहरुलाई कमिसन बाढ्ने र केही उपभोग्य बस्तु नहुने , उपभोग्य समानहरु बिदेशको उत्पादन हुने , सदस्यता सुल्क साधारण नेपालीको वार्षिक कमाइ हुने किसिमले गरियो भने त्यो सैली ठगीमात्र सिध हुने छ । अरु देसहरुमा आफ्नो कम्पनीबाट उत्पादित बस्तुहरुको ग्राहक सुरक्षित बनाइराख्नको लागि राज्यले कानुनी मान्यता दिएको पाईन्छ । जस्तै ईन्डियाको एमवे नेटवर्क अमेरिकाबाट सुरुवात भएको देखिन्छ । एमवेको आफ्नो उत्पादन मात्र पनि १००० भन्दा बढी सामानहरु छन । सदस्यता सुल्क निसुल्क गरिएको छ । जहाँ जापानिजहरु, चाइनिजहरु हजारौ सदस्यहरु छन । ईन्डियामा बिदेशी पनि सदस्य बनाउन पाउने तर २०० अमेरिकन डलर डिपोजित गरेर ईन्डियामा बैंक खाता खोल्नु पर्ने नियम बनाएको छ । सुरुमा ९५० ईण्डियन आईसी लिएर सदस्यता सुल्क लिएर सदस्यता सुल्क लिएर सदस्य बनाउथियो भने हाल एमवे ईन्डियाले सदस्यता सुल्क निसुल्क गरिएको छ । समय समयमा आफ्नो उत्पादनको बिज्ञापनगर्नको लागि आफ्ना सदस्यहरुलाई जम्मा गरी उत्पादित बस्तुको जानकारी र प्रभावकारीताको बारेमा छलफल गरिने समिनारमा सहभागी सुल्क न्युनतम सहभागीहुने सदस्यहरुसँग लिने गर्दो रहेछ । तर नेपालमा गुलियो प्रलोभन देखाउने , झुठको खेतीको रुपमा नेटवर्क ब्यापार मौलिदै गएको अवस्था छ र आफ्नो साझबिहानको खाना जोहो गर्न मुस्किल हुने सर्वसाधारणलाई प्रलोभन देखाइ ठगी ब्यापार भएको कुरामा दुइमत नहोला ।

1 件のコメント:

seosky さんのコメント...

बाठो मन्छेलाई त यो ब्यपर फाप्छ तर हामी सोजा लाई तिकी त्यास्!!!




tour in nepal