2010年3月23日火曜日

राज्यबाट नै बिहे रोक्का ।

२०१० मार्च २० गते को कोरियाको एक समाचारको अनुसार कोरियन पुरुष नागरिक र कम्बोजियाको महिला बिच हुने अन्तरराष्ट्रिय विवाह कम्बोजिया सरकारले केही समयको लागि रोक लगाएको छ । समाचारका अनुसार प्रत्येक बर्ष यसरी हुने विवाहमा बिहेको लागि मुख हेर्ने बहनामा कम्बोजियाका युवतीहरुलाई सामुहिक जम्मा गरी कोरियन नागरिकहरुलाई यौन इछ्या पुरा गराउदै मोटो रकम असुलेको खबर प्राप्त भएको छ । घटनाको अनुसार एकजना कोरियन नागरिकलाई बिहेको लागि मुख देखाउन भनी २५ जना कम्बोजियन युबती भेला गराइ कोरियन नागरिकसँग बिहे गर्न लालित त्यी युबतीहरुबाट र कोरियन पुरुषसँग पनि मोटो रकम लिएको खुलासा भए पछी कोलम्बियाको दलाली कम्पनीलाई कितान गरी जाहेरी परेको थियो । यसरी गरिने विवाहमा ६० प्रतिसत युबतीहरु आर्थिक ठगी तथा यौन शोषणको शिकार हुँदै आएको छ भने कोलम्बिया अबस्थित कोरिया राजदुताबासले यसरी विवाहगर्नेहरुलाई कानुनी प्रकृया सम्बन्धी परामर्श पनि बन्द गरिएको छ । कोलम्बियामा रहेको अन्तरराष्ट्रिय विवाह परामर्श कार्यालयमा कोलम्बिया सरकारको सरोकार निकायले छापा मारे पछी यो घटना को खुलासा भएको हो । यौनको लागि कोरियनहरु विवाहको लागि बिभिन्न देसका दलाल कार्यालयमा संपर्क गरी यस्तो अपराधमा संगलन हुँदै आएको छ । थाइ , भेटनाम ,कम्बोजिया ,फिलिपिन ,नेपाल लगायतका देसमा यस्ता घटनाहरु ब्यापक भईरहेको अनुमान गरिएको छ ।
इ पि एस प्रणाली लागु भए पछि नेपालमा पनी कोरियन नागरिकसंग बिहेगर्न लालियत नेपाली युबतीहरु पनी ठगीमा पर्ने, बिहे गरेर कोरियामा पुगे पछि अलपत्र पर्ने घटनाहरु पाएको छ

0 件のコメント: