2012年6月24日日曜日

अब भारतसँग शितयुद्धको तयारी गरौ ।

मित्ररास्ट्र भारतले समय समयमा यस्ता नेपाललाई हेप्ने खालको अभिब्यक्ति दिदै आएको छ । भारतको हेपाहा प्रबितीले गर्दा नेपालमा आन्दोलन भई धेरै धनजनको क्षेती भएको बिगतका कुराहरू छन् । जसलाई ईतिहास भन्न पनि नमिल्ने घटनाहरू छन् । कुनै बेला माधुरी दिक्षितले नेपाल त आफनै देश जस्तो लाग्छ भन्यो भनेर , ऋतिश रोशनले खै के कुरा हो भन्दा , धर्मेन्द्रले नेपालीहरू भेडा जस्तो भनेर धर्मेन्द्रद्वारा अभिनित फिल्महरू नै नेपालमा चलाउन रोकिएको पनि थियो । यी कुराहरू  सामान्य ज्ञान पनि नभएका मान्छेहरूले दिएका अभिब्यक्तिहरू हुन । यसरी भारतले यस्ता अभिब्यक्ति दिने, हामि नेपालीहरू आबेगमा आएर नेपाल बन्द ,चक्काजाम ,हडताल गरेर आफ्नै देशको सार्वजनिक सम्पत्तिको टोडफोडगर्ने , आन्दोलनमा नेपालीहरू मरेका पनि छन् । भारतले बुद्ध भारतमा जन्मेको भन्ने ,सगरमाथा भारतमा छ भन्ने जस्ता अभिब्यक्ती दिएर हामीलाई शितयुद्धगर्नलाई चुतौती दिएको जस्तो लाग्छ । हामी नेपालीहरू ले १९६५ देखि नै शितयुद्धको निति लिएको भए सायद नेपाल भारत भन्दा धेरै गुणा बिकास भैसकेको थियो होला । भारत र भारतीय जनताहरूको यस्ता नेपाललाई होच्याएर दिने अभिब्यक्ति हामी नेपालीहरूले शब्द र आन्दोलनले प्रतिबाद नगरि शितयुद्धबाट प्रतिबादगर्न जरुरी छ । नेपालको कुनै दल वा राजनैतिक शक्तिले भारतसँग नेपालले शितयुद्धको रणनितीलिएर अगुवाइगर्ने शक्ति निस्कियो भने भारतको यस्तो हेपाहा प्रबिती स्वत: अन्त्य भएर जाने छ । २१ औ सताब्ढीमा शितयुद्ध गर्न सकियो भने बिकास पनि तिब्र गतिमा जाने कुरामा दुइमत नहोला ।


राजनैतिक दलका नेताहरूले नेपाली जनताहरूलाई नांगो खुट्टाले सडकमा कुदाउनु भन्दा आफ्नो पार्टीको निति मार्फत भारतसँग शीतयुद्धको तयारीगर्न जरुरी छ नेपालको राजनितीमा भारतीय हस्तक्षेप स्वत: हेतेर जाने कुरामा दुइमत नहोला ।

2 件のコメント:

seosky さんのコメント...

ok man


online shop nepal

Unknown さんのコメント...

sajilo cha ni

real estate nepal