2010年10月26日火曜日

१० महिनामा १० जना मात्र जापान

काठमाडौ, कार्तिक ९ - जापानमा कामदार पठाउन म्यानपावर कम्पनीलाई अनुमति दिएको एक वर्ष पुग्नै लाग्दा १० जना कामदार मात्र त्यता गएका छन् । कामदार पठाउने प्रक्रिया सुरु हुँदा जापान इन्टरनेसन टे्रनिङ कअपरेन अर्गनाइजेसन (जिट्को) ले सन् २०१० मा नेपालले २० हजार औद्योगिक प्रशिक्षार्थी कामदार पठाउन सक्ने अनुमान गरेको थियो ।
सरकारले नेपाल उद्योग वाणिज्य महासंघबाहेक १ सय ७१ म्यानपावर कम्पनीलाई जापानमा प्रशिक्षार्थी कामदार पठाउन अनुमति दिएको छ । त्यसमा हालसम्म १३ वटा कम्पनीले मात्र कामदारको माग ल्याएका छन् ।

कामदार पठाउन अन्तिम स्वीकृति लिने कम्पनी सिद्धार्थी बुद्ध ओभसिज हो । यसले विभिन्न बेकरी र कृषि क्षेत्रमा त्यो माग ल्याएको हो । जसमा २ जना पुरुष र ८ महिला छन् । 'हालसम्म एक कम्पनीले १० जना कामदार पठाउन अन्तिम स्वीकृति लिएको छ,' वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले भने, 'हालसम्म १३ कम्पनीले माग ल्याएका छन् ।' उनीहरूले ३ सय ३१ कामदारको माग ल्याएका हुन् ।

उनले यो संख्या सोचेभन्दा धेरै कम भएको बताए । 'समय सकिन २ महिना मात्र बाँकी छ,' सापकोटाले भने, 'कसरी धेरै कामदार जापान पठाउने भनेर छलफल सुरु गरेका

छौं ।' जापान कामदार पठाउन व्यवस्था गरेको नेपाली औद्योगिक प्रशिक्षार्थी तथा प्राविधिक अभ्यासार्थी कामदार पठाउने निर्देशिका' मा व्यवस्था भएअनुसार अब बाँकी रहेका १ सय ५८ वटा कम्पनी खारेज हुने भएका छन् । 'अहिलेको व्यवस्था अनुसार एक वर्षसम्म कामदारको माग नल्याउने म्यानपावर कम्पनीको जापान पठाउने अनुमति खारेज हुनेछ,' सापकोटाले भने, 'डिसेम्बरसम्म माग ल्याउने कम्पनीले अर्को वर्ष पनि कामदार पठाउन पाउँछन् ।'
जापानका रोजागरदाता कम्पनीको माझ नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले राम्रो बजार प्रवर्द्धन गर्न नसकेकाले कामदार अत्यन्तै न्यून मात्रामा गएको उनले बताए । 'म्यानपावर कम्पनीले राम्रो बजार प्रवर्द्धन गर्न सकेका छैनन्,' उनले थपे, 'भाषाको समस्या एक प्रमुख कारण हो ।' उनले म्यानपावर कम्पनीले अंग्रेजी बोल्ने तर जापानीले त्यो नबुझ्ने भएकाले समस्या आएको बताए । यस्तै सरकारले पनि बजार प्रवर्द्धन गर्न श्रम कूटनीतिमा प्रभावकारी भूमिका निभाउन नसकेको उनको भनाइ छ । यस्तै यस अवधिमा जापानमा देखिएको आर्थिक संकट, अन्य मुलुकमा भन्दा कडा प्रक्रियालगायत कारण कम नेपाली जापान पुगेको बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले प्रभावकारी बजार प्रवर्द्धन गर्न नसक्दा र लामो प्रक्रिया भएकाले न्यून कामदार गएका बताए । 'लामो कागजी प्रक्रियाका कारण जापानमा कामदार पठाउन ६ देखि ७ महिनासम्म लाग्छ,' खनालले भने, 'जापानमा कामदार पठाउँदा राम्रो फाइदा हुँदैन । तैपनि हामी भविष्यमा जापानीमाझ लोकपि्रय बन्ने उद्देश्यले काम गरिरहेका छौं ।'

२६ कामदारको माग ल्याएको फ्युजन इन्टरनेसनलका प्रबन्ध निर्देशकसमेत रहेका खनाल यस वर्षभित्र कामदार पठाउने काम पूरा गर्नमा ढुक्क छैनन् । उनले चार महिनाअघि माग लिएका थिए । सरकारले दस महिनाअघि म्यानपावर कम्पनीलाई पनि जापान कामदार पठाउन खुला गर्दा ५० हजार रुपैयाँ प्रवर्द्धन शुल्क लिन पाउने व्यवस्था गरेको थियो । कतिपय म्यानपावर कम्पनीले कम शुल्कमा गाह्रो मानिएको काम गर्नुपर्ने भएकाले पनि जापान कामदार पठाउन उल्लेख्य चासो नदेखाएको जानकारहरूको भनाइ छ ।
जापानमा प्रशिक्षार्थी कामदार पठाउन ल्याइएको निर्देशिकामा जाने कामदारसँग कम्तीमा २ वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्छ ।

2010年10月22日金曜日

राम्री युवतीलाई राह्दानी नदिनु ।


भर्खरै नेपालको राष्ट्रिय दैनिकमा नेपाली महिलाहरुलाई खाडीमा नपठाउन भन्ने समाचार पढेको थिए । भ्रमण भिसामा गएर आफ्नो राजीखुशी वा करकाप वा आर्थिक प्रलोभनमा परेर नेपाली महिलाहरु त्यी प्रतिबन्धित मुलुकबाट गर्भवती भएर फर्केर आएको समाचार रहेछ । मैले सुनेको खाडी मुलुकहरुमा नेपालबाट पुरुष कामदारहरु गए पनि धेरै जसो पुरुषबाट पुरुष नै बलात्कार हुन्छन रे । कुनै बेला मैले मेरो खाडी मुलुकको एकजना साथीलाई सोधेको थिए । तपाईंहरुको देसमा किन केटीहरुले अनुहार छोप्छन त ? त्यो साथीको जवाफ थियो हाम्रो धर्म अनुसार केटी भनेको सम्पती हो त्यसैले उनीहरुलाई अरुले आँखा नलगाओस दुस्मनले नखोसियोस भनेर छोपिन्छ रे । त्यो साथीको कुरा सुनेर मलाई मलाई खाडी मुलुकहरुको युवतीहरुसँग जसरी भए पनि सम्बन्ध बढाउन मन लाग्यो । २००९ मा थाइल्याण्ड घुम्न गएको थिए त्यो बेला थाइल्याण्डको एअरपोर्टमा २ जना बुर्का लगाएको युवतीहरु भेटेको थिए । एअरपोर्टको प्रतिक्षालयको बेन्चमा त्यी युबतीहरुलाई बोल्ने मनसायले सँगै बस्न मात्र के लागेको थिए । एकब्यक्ती आएर मलाई त्यो केटीहरुसँग नबस्न र अर्कै बेन्चमा बस्न जाउ भनेर गाली पो गर्न थाल्यो । म त दङ परे । मेरो ब्यापारको सिलसिलामा म बिभिन्न देसहरुमा जाने क्रममा मैले खाडी मुलुकको एउटा कुतनितिज्ञसँग भेतघात भएको थियो । उहासँग मैले अलीकती घनिष्टा बढाएर गफगर्ने मौका पाएको थिए । उनीहरुको देसमा पासपोर्ट दिने निकायको सरकारी कर्मचारीले आफ्नो देसको युवतीलाई पासपोर्ट दिन बिभिन्न प्रश्नहरु सोधेर अनुहार हेरेर राम्री भयो भने,आफ्नो देसको मोडल ,नारी कलाकारहरुलाई पासपोर्ट नै दिदैन रे । मैले किन ?भनेर सोधेको प्रश्नमा उहाले भन्नु भयो । त्यी मुलुकका महिलाहरु पुरुष भन्दा अलिकती उताउलो हुने भएकोले बिदेश पलायन भयो भने बिदेस कै केटासँग बिहेगर्ने वा बिदेशीसँग यौनसंपर्क हुने सम्भावना भएकोले राज्यले नै नियन्त्रणगर्न यस्तो निती गरेको रे ।
नेपालमा पनि अविवाहित महिला वा बैदेसिक रोजगारी जाने हरुको लागि राहदानी दिनु अगाडि कम्तीमा १ हप्ता नेपाली महिलाको निकटको परिवार सहित जानकारी मुलक कार्यक्रम राखी उतिर्ण भएका र परिवारको रोहवरमा मात्र राहदानी उपलब्ध गर्ने निती ल्याएमा यस्ता घटनाहरु कम हुने छ कि ? नेपालमै यौनब्यवसायमा लागेका केटीहरुको चेतना भईसकेको अवस्थामा बैदेशिक रोजगारमा जाने नेपाली युवतीहरुको चेतना किन नआएको होला ?
नेपालको सन्दर्भमा नेपालीहरु बिना मेहनत धनी बन्ने महत्वकांक्षी सोच र स्वदेसमा कुनै कामगर्न आनकानीगर्ने र बेरोजगारी , आफु जाने देसको बारेमा सस्कृती , सन्स्कारको ज्ञान नलीकन दलालहरुको रे को भरमा कुरा सुनेर बिदेश जानु नै यस्ता घटनाको मुख्य कारण हुन । हामी सबै नेपाली एउटै परिवार सम्झेर कसैले कसैलाई बिदेश पठाउदा होस् वा स्वदेस मै केही सहयोग गर्दाहोस् । आफुले आफ्नो परिवारको एक सदस्यको मध्यस्कर्ता गर्दै छु भन्ने सोच दलालहरुमा आउन जरुरी छ ।

2010年10月13日水曜日

फेरी नेपाल सम्बत

हाम्रो देस नेपाल साचैकै रमाइलो छ । दु:खम सुखम यो बर्ष पनि महानचाड दसैं आईपुगेको छ । अरु अरु बर्ष भन्दा यो बर्ष समाचारहरुमा महगी नियन्त्रण तथा स्वस्थ खानपिन र सुद्ध मासुबारेमा बिभिन्न संचार माध्यमहरुबाट चेतना मुलक खबरहरु प्रसारणमा आएको छ । सरकार पनि जनताको स्वास्थको लागि केही सचेतक गराएको भान हुन्छ । यो बर्ष पनि गएका बर्षहरुमा जस्तो लुतपातको समाचारहरु भने नआएको होइन । दसैं लगतै तिहार आईपुग्छ अनी समाचार र छापाहरुमा सुरु हुन्छ बिषय नेपाल सम्बतको । आज भन्दा १ दशक भन्दा पनि बढी भईसक्यो जहिले पनि तिहार आउछ अनी नेताहरुको मुखमा झुन्दिन्छ नेपाल सम्बतलाई राष्ट्रिय सम्बत भनेर मान्यता दिनुपर्छ भन्दै मनपरी भाषण ठोक्दै हिद्छ । यो समाचार अङ्रेजी सस्करणमा पनि छापीने भएकोले नेपालमा रहेका बिदेशी कुटनितिक नियोगका ब्यक्तीहरु पनि बहुत चासोका साथ दस बर्ष अगाडि देखी सुनी रहेको कुरा हो । के नेताहरुले नेवार समुदायलाई मख्ख पार्नको लागि मात्र तिहार आयो कि नेपाल सम्बतलाई राष्ट्रिय सम्बत बनाउने कुरा निकाल्ने हो ।